‘दि कर्मा’को बजार लाग्या छ…मा आईटम


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ पुष

रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘दि कर्मा’को पहिलो गीत ‘बजार लाग्या छ…’को भिडियो दर्शकमाझ आएको छ । भिडियोमा नायिका नीता ढुंगाना र नायक करण वर्माको आईटम शैलीको नृत्य छ । भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणा, क्रोधी भावमा छिन् । गीतको भिडियोमा बुद्दि तामाङको पनि नृत्य छ ।

कोशिस क्षत्रीको शब्द तथा संगीत रहेको यो गीतमा मनिषा पोखरेलको स्वर रहेको छ । गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । चलचित्रमा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जयराज रायले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । चलचित्रका गीतहरुमा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ ।

दि कर्मा’ नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको निर्माता जय राज रायले बताए । अर्का निर्माता श्रीदेवका अनुसार यो चलचित्र नेपाल रिलीजसँगै अन्य मुलुकहरुमा पनि रिलीज हुनेछ ।
चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।