आरजु बनिन मिस टुरिजम–२०१९


ब्युटी न्युज नेपाल

काठमाडौं, २६ साउन 

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर काठमाडौंमा मिस टुरिजम २०१९ को उपाधी आरजु पोखरेलले जितेकी छन । प्वाईन्ट मिडिया प्रा.लि.द्वारा आयोजित यस प्रतियोगितामा शिर्ष उपाधिसँगै आरजुले मिस डिसिप्लिन र मिस फ्रेण्डसिपको उपाधी पनि हात पारिन ।

सो कार्यक्रममा फस्र्ट रनर अप युसिका तुलाधर र सेकेण्ड रनर अप सविता न्यौपाने घोषित भए । तुलाधर मिस ट्यालेन्ट र न्यौपाने मिस पर्सनालिटी पनि घोषित भए । फोटोजेनिकमा अर्पणा पोखरेल, पपुलर च्वाईस र फिगरमा लक्ष्मी थिङ, स्माईलमा करिना प्याथा, क्याट वाकमा रविना सुवाल, कन्फिडेन्टमा विजया खनाल, ईन्टेलिजेन्टमा शान्ति तिमिल्सिना घोषित भए ।

विजेताहरुलाई प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्ले,नेपाल पर्यटन वोर्डका सञ्चालक दीपक महत लगायतले क्रमशः ५० हजार, ३० हजार,२० हजार रुपैयाँ प्रदान गरे ।

मिस टुरिजमको ग्राण्ड फाईनलको निर्णायकहरुमा नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्ज (नाट्टा) का अध्यक्ष सि.एन पाण्डे,ग्रिकका अवैतनिक वाणिज्यदुत तथा अग्रज पर्यटन व्यवसायि विक्रम पाण्डे,गाउँ पर्यटन प्रवद्र्धन मञ्च (नेपाल) का पूर्व अध्यक्ष कमल सापकोटा,टानका बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, मिस नेपाल–२००० उषा खड्गी,टानका पूर्व महासचिवहरु सागर पाण्डे र मोहन लम्साल,नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ,युवा पर्यटन व्यवसायीहरु राजन सिम्खडा र अञ्जन थापा(कुमार) रहेका थिए ।

नेपालको पर्यटन क्षेत्रको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने र युवाहरुलाई नेपालको पर्यटन क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले विगत सन् २०१६ देखि आफुहरुले मिस टुरिजम २०१९ को आयोजना गदै आईरहेको प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले वताए ।

प्रस्तुति : सरिता भारती