भिडियोमा कृष्ण काफ्ले र दिपक शर्माको ‘सम्झनु त सझिलो छ…’


ब्युटी न्युज नेपाल
काठमाडौं २३ पुष

 गायक कृष्ण काफ्लेको स्वर तथा संगीतकार दिपक शर्माको संगीतमा ‘सम्झनु त सझिलो छ…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक कृष्ण र संगीतकार दिपकले एक दर्जन बढी हिट गीतहरु बजारमा दिसकेका छन ।गीतलाई एसपी कोइरालाले लेखेका हुन् ।

गीतको म्युजिक भिडियोलाई निसान कास्यप घिमिरेले निर्देशन गरेका हुन् भने भिडियोमा सृष्टि खड्का र महेश खडका फिचर्ड छन्  ।

थाइल्याण्ड र नेपालमा खिचिएको भिडियोमा ओम प्रसाईको छायाँकन, बिकास दाहालको सम्पादन र हेल्लोबाइको ड्रेस देख्न सकिन्छ ।