मोनिका दोस्रो मिस एलिगेन्स नेपाल


व्युटी न्युज नेपाल
काठमाडौं, २२ जेठ

दोस्रो ‘मिस एलिगेन्स नेपाल–२०१८’को उपाधि मोनिका श्रेष्ठले चुमेकी छिन् । राजधानीका जमल स्थित राष्ट्रिय नाचघरमा सोमबारसम्पन्न सो प्रतियोगितामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै मिस एलिगेन्स नेपालको ताज चुम्न मोनिका सफल भएकी हुन् । उनले बेस्ट वाक र बेस्ट ड्रेसको उपाधि पनि जितिन् ।

इम्पेरियल क्विन ईभेन्टस्द्वारा आयोजित सो प्रतियोगितामा व्युटी विथ ब्रेन सहित फस्ट रनरअप अञ्जली थापा र मोस्ट फोटोजेनिक सहित सेकेन्ड रनरअप सफलता शर्मा घोषित भए ।
सो प्रतियोगितामा पत्रकार एवम् चलचित्र निर्देशक डब्बु क्षत्री, मिसेस नेपाल युनिभर्स मनिषा डंगोल श्रेष्ठ, अभिनेत्री रेजिना उप्रेती, सञ्चारकर्मी सरोज प्याकुरेल र मिसेस नेपाल ग्राण्ड उपबिजेता एलिना ध्वजु सुवेदी निर्णायक रहेका थिए ।

यस्तै अन्य उपाधि तर्फ बेस्ट पर्सनालिटी महेश्वरीनाथ योगी, मोस्ट ट्यालेन्ट बिपना लामा, मोस्ट डिसिप्लेन सरिश्मा काफ्ले, मोस्ट डेडिकेटेड निकिता लामिछाने, मोस्ट फ्रेन्डसिप सुस्मिता उप्रेती र इम्पेरियल क्विन अफ द इभेन्ट बिपना थिङ लामा चयन भए ।

सो प्रतियोगिताको फाईलन कार्यक्रम पूर्व मिस नेवा सुनिता डंगोलले सञ्चालन गरेकी थिईन् । युवतीहरुको व्यक्तित्व विकाशका लागि यो प्रतियोगिता गरेको आयोजक रश्मी महर्जनले बताईन् । सो कार्यक्रमको कोरियोग्राफी बिक्रम मैनालीले गरेका थिए ।