ब्युटी न्युज नेपाल
ढाका, ३१ जेठ
बंगलादेशको राजधानी ढाकामा ‘तेस्रो ग्लोबल एक्सिलेन्स अनर २०२६’ सम्पन्न भएको छ । यस ‘आर्ट, कल्चर, ब्युटी, मिडिया एन्ड विजनेश कन्फ्रेन्स’मा नेपालबाट गाएका विभिन्न १८ जना श्रष्टाहरुलाई ढाकाको आईडिया एक्चेन्ज कम्पनी प्रा.लि.ले ग्लोबल एक्सिलेन्स अनरबाट सम्मानित गरेको थियो ।

बंगलादेशको आइडिया एक्चेन्ज कम्पनी प्रा.लि.को आयोजना र नेपालको विलक्षण क्रियसन प्रा.लि.को सहकार्यमा सम्पन्न यस कन्फ्रेन्समा दुई देशका कलाकारहरुले सांस्कृतिक कार्यक्रमसँगै आफ्ना पेसागत सफलताको अनुभव शेयर गरेका थिए ।

ग्लोबल एक्सिलेन्स अनर समारोहको सांस्कृतिक कार्यक्रम अन्तर्गत नेपालका तर्फबाट मोडल अभिनेत्रि प्रतिक्षा काफ्लेले राष्ट्रीय गीत र मेकअपआर्टिष्ट निशा थापाले तामाङसेलो गीतमा नृत्य प्रस्तुत गरे भने गायिका विष्णु माया पौडेल र गायक नारायण थापाले आ आफ्नो गीत सुनाए ।

सो समारोहमा बंगलादेशका आधा दर्जन कलाकारहरुले आ आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए । समारोहमा बंगलादेशका कलाकार एवम् स्रस्टाहरुलाई विलक्षण क्रियसन प्रा.लि.बाट ‘तेस्रो ग्लोबल एक्सिलेन्स अनर २०२६’ प्रदान गरिएको थियो । यस्तै नेपालका कलाकार एवम् श्रष्टाहरुलाई बंगलादेशको आइडिया एक्सचेन्जका तर्फबाट ‘तेस्रो ग्लोबल एक्सिलेन्स अनर २०२६’ बाट सम्मानित रिएको थियो ।


‘तेस्रो ग्लोबल एक्सिलेन्स सिनियर ब्युटिसियन अनर २०२६’ बाट सौन्दर्य उद्यमी संघकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनीका रंजित, ब्युटिसियन अनरबाट गायिका अभिनेत्री एवम् सञ्चारकर्मी सरिता भारती, ब्युटिसियन ट्यालेन्ट नेपालका बिजेताहरु चादनी श्रेष्ठ, मनिषा श्रेष्ठ –कमला), सुमित्रा खबास, रनरअपहरु स्मृति सुब्बा आङदेम्बे, निशा थापा, सुजिता अधिकारी, निशा रजक सम्मानित भए ।

यस्तै समारोहमा अभिनेत्री एवम् मोडल प्रतिक्षा काफ्ले, गायक नारायण थापा, मोडल प्रज्वल राज भट्ट, गायिका एवम् सञ्चारकर्मी बिष्णुमाया पौडेल, चिरायु डन्ट केयरका संस्थापक सागर जोशी, पूर्णायु आयुर्वेद अस्पताल, फेसन डिजाइनर मितु पुरी पनि ‘तेस्रो ग्लोबल एक्सिलेन्स अनर २०२६’ बाट सम्मानित भए ।

समारोहमा बंगलादेशका बरिष्ठ लोक गायक मोहम्मद अब्दुल क्वादुस, बरिष्ट अभिनेत्री अप्सना करिम मिमी, व्यवसायी जाहिर रायन, फिल्म मेकर साफिर अल अनवर सज्जन, सुपिन वर्मन, अक्तानिन खैर तानिन, खिचिर हायात खेन, अभिनेताहरु मोस्ताफिजुर निर इमरान, मोहम्मद रफिक, मोहम्मद रकिबुल हुेसन, सरकार रौनक रिपुन, फजुल हक, अभिनेत्रीहरु नजिया हाक्यु ओर्सा, मार्सिया सावन, अनुन नहर (अनुन पुतुल), तस्मिता सिमु, मौसमी हमिद, क्वाजी नाउसावा अहमद कार्यक्रममा सम्मानित भए ।



यस्तै समारोहमा अग्रज संगीतकर्मी अक्रम हुसेन, गायक सायद स्मिल हुसेन, लेखक तथा सञ्चारकर्मी नाहिद हुसेन नोलेज, अहमद जामन सिमुल, मौसम आयोपु, मोहम्मद रोवेउल अवाल हुसेन, सामोल सिसिर, आई महम्मद मन्जुर, इन्टरप्रेटर रहमान सागोर, मोहम्मद मोसरफ पनि कार्यक्रममा सम्मानित भए ।


समारोहमा नेपालकी फेसन डिजाइनर मितु पुरीको एकल डिजाईनमा नेपाली कलाकारहरुले फेसन सो प्रस्तुत गरेका थिए ।समारोहमा कलाकारहरुलाई सम्मानित गर्न पाउँदा निकै खुसी लागेको आइडिया एक्सचेन्जका सिइयो खन्डेकर सुमनले बताए ।

कार्यक्रमका आयोजक एवम् विलक्षण क्रियसन प्रा.लि.का अध्यक्ष डब्बु क्षत्रीले पहिलो अनर मलेशियामा र दोस्रो अनर थाइल्यान्डमा भव्य सम्पन्न गरेपश्चात तेस्रो बंगलादेशमा आयोजना गरिएको बताए । बंगलादेशमा पनि नाचगान सहित भव्य रुपमा ग्लोबल एक्सिलेन्स अनर सम्पन्न भएकोमा उनले सहयोगीलाई धन्यवाद सहित सम्मानितलाई बधाई ज्ञापन गरे ।

एक्चेन्ज कम्पनी प्रा.लि.सिइयो खन्डेकर सुमनले बंगलादेसी र विलक्षण क्रियसन प्रा.लि.की प्रवन्ध निर्देशक सरिता भारतीले नेपालीमा स्वागत मन्तव्य प्रस्तुत गरेसँगै सुरु भएको कन्फ्रेन्समा दुबै देशको राष्ट्रगान बजाइएको थियो ।
अनर सम्पन्न पछि पनि समारोहमा बंगलादेशका कलाकारहरुले आधा दर्जन गीत संगीत प्रस्तुत गरे । जसमा सम्मानित नेपाली र बंगलादेशी कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
“Third Global Excellence Honor Successfully Held in Dhaka with Participation from Nepal and Bangladesh”




















