ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ बैशाख
बिराज भट्टको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘राम नाम सत्य’ आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गरिरहेको बितरक गोविन्द शाहीले जानकारी गराएका छन् ।
नयाँ वषैको अवसर पारेर यो चलचित्र चैत्रको २७ गतेबाट रिलिजमा आएको हो । एक्सन प्रधान यो चलचित्रले नयाँ वर्षमा राम्रो व्यापार गरेको छ । पछिल्लो समय दुई महिना यताबाट नेपाली चलचित्रले हलमा दर्शक तन्न नसकेको बेला राम नाम सत्यले दर्शकको मन जितीरहेको छ ।

यो फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंंह ठकुरी, खुशी कार्की, सुनील थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारहरुको अभिनय छ । स्वेता विमली र उपेन्द्र शाहीको निर्माणमा तयार भएको यो चलचित्र नेपालसँगै अन्य विभिन्न देशमा पनि प्रदर्शन भइरहेको छ । अमेरिकामा भने २४ अप्रिलबाट रिलिज हुनेछ ।



