ब्युटी न्युज नेपाल
काठमाडौँ, २ चैत
नेपाली चलचित्र ‘हामी तीन भाइ’ यही १३ चैतबाट रिलिज हुँदैछ । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा सोमबार यसको ट्रेलर रिलिज गरिएको छ । ओएसआरको युटुब च्यानलमार्फत फिल्मको ट्रेलर रिलिज भएको हो ।
ट्रेलरमा एकै घरका तीन दाजुभाई बिनोद न्यौपाने,कुशल बिष्ट र फलित राईको अँश बण्डको समस्याले निम्त्याएको द्धन्द्ध देखाईएको छ । तीन दाजुभाईको प्रेम भाव पनि ट्रेलरमा उल्लेख छ । पुख्यौली सम्पत्तिलाई घडेरीको रुपमा प्लटिङ गरेर बिक्रीसँगै निम्तिएको समस्या पनि ट्रेलरमा देख्न पाईन्छ ।
चलचित्रलाई मधु सुदन भट्टराईले निर्देशक गरेका हुन् । ट्रेलरमा फिल्मका मुख्य कलाकार विनोद न्यौपाने,लक्ष्मी बर्देवा,कुशल बिष्ट,जाहान्वी बस्नेत,फलित राई,आश्मा गिरी,राजाराम पौडेल,रविन्द्र झा लगायतलाई सबै अटाएका छन्। फिल्मलाई निर्देशक भट्टराईले कमेडी जनरामा मार्मिक कथा भन्न खोजेका छन्।
‘हामी तीन भाइ’मा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार(, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन्।
साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन्। प्रसिद्धि सिने आट्सर्् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन्। साथै कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्। सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।
यस फिल्मको सहायक सम्पादन क्यामोदिन मिया, श्रृंगार अशोक रोक्काको छ। फिल्ममा पाश्र्वसंगीत सम्राट थापाको छ भने द्धन्द्ध निर्देशन देव महर्जनले गरेका छन्। ग्राफिक्स एक्स समिर मिया,कला निर्देशक दिनेश लामा ‘गैंडा’,निर्माण नियन्त्रक सन्देश राई (भान्जा)ले गरेका छन् भने पोस्ट प्रोडक्सनको काम मोसन स्टूडियोले गरेको हो।
‘हामी तीन भाइ’लाई शिव ढकालले खिचेको हुन् भने सम्पादन बनिश शाहले गरेका छन्। यस फिल्मको गीतमा संगीत साप शक्तिले भरेका छन्। नृत्य कमल राई इन्द्र देव महर्जन पाश्र्व संगीत सम्राट थापा ध्वनी मिश्रण मुकेश शाह,रंग संयोजक रेनिश फागोको छ। फिल्मको प्रचार साम्रगी आइडियल डिजाइनर्सले तयार पारेको हो। फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ।


