यौनकर्मीको कथामा बनेको चलचित्र ‘लालिमा’ रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ फागुन

यौनकर्मीको कथामा बनेको नेपाली चलचित्र ‘लालिमा’ आज फागुन २९ शुक्रबारबाट नेपालका चलचित्र घरमा प्रदर्शनमा आएको छ । एक महिनादेखि चलचित्र घरमा भएको नेपाली चलचित्रको अभावलाई मेट्दै यो चलचित्र आएको हो ।

यस फिल्म मुलुकका करिब पाँच दर्जन चलचित्र घरमा रिलिज भएको छ । चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको यसका निर्देशक रोशन मिराजले बताएका छन् । उनको यो पहिलो चलचित्र हो । वास्तविक यौनकर्मीहरू समस्या, पीडा र मानसिकताको घटनामा बनेको यस फिल्ममा नायिका रोश्नी कार्की शीर्ष भूमिकामा छिन् ।

यो चलचित्रमा रोशनी कार्की, जीवन भट्टराई, उषा रजक, शिशिर वाङदेद, सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेललगायतका कलाकारहरुको अभिनय रहेको छ । फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले फिल्म वितरणको जिम्मेवारी लिएको छ ।