ब्युटी न्युज नेपाल
काठमाडौं, २३ फागुन,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार दिउँसो ३ बजेसम्म मुलुकका ४७ स्थानमा बिजय हाँसिल गरिसकेको छ । दिउँसो १२ बजेसम्म ३४ स्थानमा बिजय प्राप्त गरेको यो पार्टीले तीन बजेसम्म १२० स्थानको अग्रता मध्य ४७ स्थानमा बिजय हाँसिल गरेको हो । अहिलेसम्म रास्वापा अझै ७२ स्थानमा अग्रतामा रहेको छ ।
आज दिउँसो बिजय हाँसिल गर्ने थप उम्मेदवारहरुमा मध्य चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम विजयी भएकी छिन् । सोविता गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन् । यो अहिलेसम्मकै सर्वाधिक मतको जित हो । उनको निकटतम नेपाल कम्युनिष्ट पार्टीकी रेणु दाहालले २० हजार ६१५ मत प्राप्त गरिन् ।
यसै गरी रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ ह्जार ८०९ मत अन्तरले पछि पार्दै वाग्ले विजयी भएका हुन् ।
उता भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री पनि भारी मतान्तरले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतले १० हजार ९६६ मत प्राप्त गरेका छन् । जबकी अन्तिम परिणामअनुसार रास्वपाका राजीव खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्दै विजय भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य पनि दाङ–२ बाट विजयी भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले हराउँदै आचार्य विजयी भएका हुन् । कुल ८२ हजार ६ मतमध्ये सहमहामन्त्री विपिनले ४३ हजार ५५७ सय मत हजार मत प्राप्त गरेका छन् । उनका उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव पोखरेलले जम्मा १५ हजार २८२ मत प्राप्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील साह कानु पर्सा क्षेत्र नम्बर–२ मा विजयी भएका छन्। उनले पूर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसका अजय चौरसियालाई पछि पार्दै राजनीतिमा नयाँ अध्याय सुरु गरेका हुन् । कानुले २५ हजार २ सय ५० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी चौरसियाले १० हजार ८० मत प्राप्त गरेका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिप्रसाद भुसाल अर्घाखाँचीमा विजयी भएका छन् । उनी ३५ हजार २३ मतका साथ विजयी भएका हुन् । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसाल भन्दा १२ हजारभन्दा बढी मतान्तरले उनी विजयी भएका हुन् ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशिष गजुरेल सिन्धुली क्षेत्र नम्बर–२ मा विजयी भएका छन् । गजुरेलले १७ हजार ९४० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लेखनाथ दाहाल (राजन) ले १४ हजार ७८० मत प्राप्त गरे ।
यस्तै गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल फराकिलो मतान्तरसहित विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार ढकालले ३० हजार ४४८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप ज्ञवालीले १५ हजार ३२८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ७३१ मत प्राप्त गरेका छन्।
यता रास्वपाका उम्मेदवार राजेश चौधरी रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका अजय गुप्तालाई उनले १८ हजार २५३ मतान्तरले पराजित गरेका हुन् । चौधरीले २८ हजार ९४६ मत ल्याउँदा एमालेका गुप्ताले १० हजार ६९३ मत ल्याए ।
यस्तै रास्वपाका उम्मेदवार सिताराम साह सप्तरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । साह ३६ हजार ४ सय १२ मत प्राप्त गर्दै सांसद निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तेजुलाल चौधरीलाई २३ हजार ३ सय ९ मतान्तरले पछि पार्दै यादव निर्वाचित भएका हुन् ।




