गोबर गणेशको ट्रेलरमा सहर पस्नेको संघर्ष कथा


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ पुस

चलचित्र ‘गोबर गणेश’ अर्को साता १ माघबाट रिलिज हुँदैछ । यसै क्रममा यो चलचित्र ट्रेलर आज काठमाडौंमा कार्यक्रमबिच सार्वजनिक गरियो । बल्छी धुर्वेको नामले परिचित मरिच मान श्रेष्ठले यो फिल्म निर्माण तथा निर्देशन गरेका हुन् ।

सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि काठमाडौं आएर एक युवकले गरेको संघर्ष देखाइएको छ । पढाईमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौं आएर जीवन बदल्न गरेको संघर्ष र सरसफाई कर्मचारी समेत बन्न पुगेको दृष्य ट्रेलरमा देख्न सकिन्छ ।

यसअघि निर्माणपक्षले ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक गरेको थियो । गीतमा मरिचमान श्रेष्ठको स्वर थियो । यो चलचित्रमा बल्छी र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।

चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ । टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।