चलचित्र विकास बोर्ड द्धारा १५ जना चलचित्रकर्मी सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ कात्तिक

चलचित्र बिकास बोर्डले सोमबार (आज) बोर्डको सभा हलमा १५ जना चलचित्रकर्मीहरूलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गर्यो । नेपाली चलचित्र क्षेत्रमा रुपान्तरण पूर्ण कार्य गरेको भन्दै उनीहरुलाई पुरस्कृत गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललेसमारोहमा जनही २० हजार रुपैयाँ सहित सो पुरस्कार प्रदान गरेको हो ।

समारोहमा चलचित्र कलाकारबाट अभिनेता शिव श्रेष्ठ, चरित्र अभिनेत्री सबिता गुरुङ, कलाकार हेमन्त बुढाथोकी, अभिनेता अभिनेता नाजिर हुसेन र दिवंगत अभिनेता एवम् बोर्डका पूर्व अध्यक्ष केशब भट्टराई (मरणोपरान्त)लाई यो सम्मान प्रदान गरियो ।

यस्तै चलचित्र निर्देशकहरु तीर्थ थापा, युवराज लामा, सम्झना रौनियार उप्रेती, रिमेश अधिकारीले पनि यो सम्मान पाए । गायन क्षेत्रबाट गायक यस कुमार र गायिका अन्जु पन्त, चलचित्र निर्माता किसान पोखेल, चलचित्र पत्रकार ध्रुव लम्साल, चलचित्र महोत्सव व्यवस्थापक रम्यता लिम्बू र रंग संयोजक रेनीश फागोलाई पनि पनि यो सम्मान प्रदान गरियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेल र सोही मन्त्रालयकी सचिव राधिका अर्यालले कार्यक्रम बोल्दै चलचित्र क्षेत्रलाई सुदृढ बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

संविधान दिवसको असवर पारेर ३ असोजमा प्रदान गरिने यो सम्मान त्यति बेला मुलुकको विसम परिस्थितिले गर्दा यति बेला प्रदान गरिएको बोर्ड अध्यक्ष डिसीले कार्यक्रममा प्रकाश पारे ।

तस्बिर : चलचित्र विकास बोर्ड