ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ कात्तिक
संगीतकार राजेन्द्र बजगाईँले अघिल्लो गीत पुतली…को सफलतापछि यति बेला आफ्नो संगीतमा अर्को नयाँ गीत ‘बेली चमेली…’को भिडियो दर्शकमाझ ल्याएका छन् । अघिल्लो जस्तै यो गीत पनि निकै मिठो र नृत्य प्रधान छ ।
यो गीत पनि संगीतकार राजेन्द्र बजगाईले नै लेखेका हुन् । गीतमा भारतीय चर्चित गायिका स्वाती भाटको दमदार स्वर रहेको छ । यो गीतलाई मशकबिन स्टुडियोज टिम च्यानलबाट रिलिज गरिएको छ । नेपाली युट्युब च्यानल मशकबिन नेपालमार्फत भिडियो सार्बजनिक गरिएको हो ।
गीतको भिडियोलाई राम्रो बनाउन निकै मेहनत गरिएको छ । अभिनेता पल शाह र कलाकार श्वेता महराले भिडियोमा अभिनय गरेका छन् । भिडियोलाई राउडी जनरामा निर्माण गरिएको छ ।
भारत केन्द्रित मशकबिन स्टुडियोको प्रस्तुतीमा नेपालका पछिल्लो समय संगीतकार राजेन्द्र बजगाईको गीत पुतलीले पनि सर्बाधिक चर्चा कमाएको छ । त्यसपछि बजगाईकै संगीतमा फेरी यो गीत मआएको हो । हुन त मशकबिन स्टुडियोको प्रस्तुती रहेको “मेरा सैंया जी” “चाहका होटल” “किरिम पाउडर” जस्ता भारतिय गीतहरु र गायीका स्वाती भाटको “राम दाईका होटल” “सिलामी” जस्ता थुप्रै भारतीय गीतहरुले नेपालमा पनि चर्चा कमाईसकेका छन् ।
सुरेश जोशी निर्माता रहेको यस गीतमा स्वाती भाटको आवाजमा बिनोद ढकालको र्याप रहेको छ । गीतमा संगीत संयोजन (उत्पादन) मुम्बईका चर्चित संगीत संयोजक निशाद चन्द्राको रहेको छ । गीतको मिक्स माष्टरिङ्ग बलिउडमा आफ्नो बेग्लै पहिचान बनाउन सफल मनीभनन आनन्दन (मुम्बई) ले गरेका छन् ।
नेपालका चर्चित कोरीयोग्राफर तथा निर्देशक कविराज गहतराजको निर्देशनमा भिडियो तयार भएको हो । यसको मोडल श्वेता भारतीय कलाकार हुन् । उनको र पल शाहको जोडी भिडियोमा जमेको छ । भिडियोमा राज टाईगर, बिन्दु रसाईली, रेन्सीका खत्री, शुरक्षा तामाङ्लाई समेतको नृत्य छ ।





