इश्वर थापाको नयाँ गीत ‘दसैँको टिका’ रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं ७ असोज

लामो समयदेखि क्यानडामा बस्दै आएका नेपाली चलचित्र निर्माता तथा अभिनेता ईश्वर थापाले यति बेला नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उनले यो दसैँलाई लक्षित गरेर नयाँ गीत ‘दशैंको टिका…’ को भिडियो सार्वजनिक गरेका हुन् । यसमा संगीत, एरेन्ज र मिक्स ईश्वर थापाको रहेको छ ।

यो दसैँ गीत एडवर्ड थापाको स्वरमा रहेको छ । सुदीप पाण्डेको शब्द रहेको गीतलाई क्यानडामै छायांकन गरेर भिडियो बनाईएको छ ।

यो गीतको भिडियोमा विष्णु ढकाल, लक्ष्मी ढकाल, दुर्गा दाहाल, अर्जुन सापकोटा, सुदीप पाण्डे, ईश्वर थापा लगायतको अभिनय रहेको छ ।

दशैैंको माहोलमा परिवारजनको भेटघारबिच क्यानाडाको विन्ड्जरमा यो भिडियोको छायांकन गरिएको हो । भिडियोलाई छायांकन र सम्पादन हेरुका लामाले गरेका हुन् । जसमा ईश्वर थापाकै निर्देशन रहेको छ ।