एक दिनमै साँढे चार लाखले हेरे शत्रु गतेको ट्रेलर


 

काठमाडौं, १९ फागुन

 

९ चैतबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र शत्रु गतेको ट्रेलर सामाजिक सञ्जाल युट्युवमा आएको २४ घन्टामा साँढे चार लाख भन्दा बढीले हेरेका छन् । १३ हजारले यसलाई मन पराएका छन् । ट्रेलरलाई मन नपराउनेको सँख्या ६ सय ८१ मात्र छ । यसरी ट्रेलर मन पराउनेको तुलनामा मन नपराउनेको सँख्या करिब ६ प्रतिसत मात्र छ ।

चलचित्र शत्रु गतेको हल ट्रेलर फिल्म हलमा दुई साता अघि नै रिलिज गरिएको थियो । हलको ट्रेलर आकर्षक छ ।

 

त्यही ट्रेलरमा केही परिवर्तन गरेर युट्युव मार्फत सामाजिक सञ्जालका लागि शुक्रबार दिउँसो अर्को ट्रेलर रिलिज गरिएको छ । त्यसैले हल ट्रेलर हेरिसकेका लागि यो ट्रेलर धेरै नयाँ लाग्दैन ।

चलचित्र शत्रु गतेलाई तराईको परिवेशमा छायाँकन गरिएको छ । ट्रेलरमा यस अघि हिट भएको गीत रुपै मोहनी… र अर्को गीत पिरतीको बर्को…लाई महत्व दिईएको छ । ट्रेलर हेर्दा सबै कलाकार कुन भूमिकामा चलचित्रमा छन भन्ने अनुमान गर्न सकिन्छ ।

हास्य प्रधान यो चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । जसमा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, दीपकराज गिरी, प्रियँका कार्की, दीपाश्री निरौला, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झालगायतका कलाकारको अभिनय छ ।

मह सञ्चारको निर्माण र किरण केसी प्रस्तुती रहेको यो चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ । चलचित्रको लागत डेढ करोड नाघ्ने यसका निर्माता हरिबँश आचार्यले बताएका छन् ।

 

यस्तो छ शत्रु गतेको ट्रेलर –