तयार भयो डेस्टिनेशन काठमाडौं, २ चैतमा रिलिज


काठमाडौं, ९ फागुन

निर्देशक दीपक रायमाझीको असामयिक निधन भएपछि उनको ‘ड्रिम प्रोजेक्ट’ चलचित्र ‘डेस्टिनेशन काठमाडौं’ रोकिएको थियो । उनका शुभचिन्तकले अब यो चलचित्र हेर्न पाउने भएका छन् । यो चलचित्र तयार भएको छ ।
बिदेशमा समेत केही स्थानमा प्रदर्शन गरिएको डेस्टिनेशन काठमाडौं अब नेपालका सिनेमा हलमा २ चैत्रमा प्रदर्शन हुने भएको छ ।

यसलाई शरद अधिकारीले निर्माण गरेको हुन् । चलचित्रको बाँकी निर्देशन मधुसुदन भट्टराईले सम्पन्न गरेर दर्शकमाझ ल्याएका हुन् । यो चलचित्रमा दीलिप रायमाझी, झरना थापा, सहारा मावबे, केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रबि गिरी, बिकास चापागाई, नरेन्द्र थापा, रामचन्द्र अधिकारी, रश्मी भट्ट, रोशनी सापकोटाका साथै बालकलाकार सृजेश अधिकारी, सत्यम अधिकारी र युनिशा लामीछानेको अभिनय छ ।

बिदेशीलाई नेपालप्रति आकर्षित गराउदै देशको पर्यटन क्षेत्रको बिकास गर्नु यो चलचित्रको लक्ष्य हो । देशको राजनीति परिवेशले पारेको प्रभावको बिषयमा यो सिनेमा केन्द्रित भएको निर्माता अधिकारीको कथन छ ।

यो चलचित्रलाई राजु थापा र सौरभ लामाले छायाँकन गरेका हुन् । जसमा निखिल बिश्वास, रमेश खड्का र राजन तिमिल्सिनाको संगीत रहेको छ ।