ओ बेबी…मा पुष्पल सृष्टी प्रणय आभास


काठमाडौं । भिडियो सम्पादक नीशान घिमिरे फेरी म्यूजिक भिडियो निर्देशनमा उत्रिएका छन् । यसै क्रममा उनले ओ बेबी… गीतलाई सुन्दर भिडियोमा उतारेका छन् ।
कुन्दन पाठकले गाएको यो गीतलाई प्रणय दिवसलाई लक्षित गरेर सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनिक गरिएको छ । कञ्चन पाठक र मदन भण्डारीले लेखेको यो गीतलाई कञ्चनद्धारा नै संगीत गरिएको हो ।
भिडियोमा निशानले प्रणय जोडीको रुपमा अभिनेता पुष्पल खड्का र मोडल श्रृष्टीलाई उतारेका छन् । मोडलद्धयको प्रेमाभाव घनिष्टा देखिएको छ ।
अर्जुन तिवारीको छायाँकन रहेको यो भिडियोलाई विकाश दाहालले सम्पादन गरेको हुन् । भिडियोलाई लयात्मक बनाउन सुरेन्द्र बसेलको कोरियोग्राफी अझ अब्बल ठहरिएको छ ।
यसपालीको प्रणय दिवसमा एकल तथा प्रणयहरुलाई यो भिडियोले प्रेमभावमा डुवाउने विश्वास निर्देशक घिमिरेको छ । बहुसँख्यक प्रणय जोडीलाई यो भिडियोले आफ्नो प्रेमसम्बन्धको आभास दिलाउने पनि निशानको जिकिर छ ।

हेर्नुस भिडियो–