प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट पाए विश्वासको मत, उनको पक्षमा १६३ मत प्राप्त


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ साउन

अन्नत प्रधानमन्त्री पदका लागि शेरबहादुर देउवालाई प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त भएको छ । आफ्नो पार्टी नेपाली काँग्रेस सहित नेकपा एमाले, नेकपा माओबादी, जसपा (दुबै खेमा), जनमोर्चालगायतले उनलाई प्रधानमन्त्री पदका लागि विश्वसको मत दिएका छन् । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि सबैलाई धन्यबाद दिएका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि पुनर्स्थापना भएको प्रतिनिधिसभाको पहिलो बैठकले देउवालाई विश्वासको मत दिएको हो । देउवाको पक्षमा १६३ मत खसेको छ । त्यस्तै, उनलाई विश्वासको मन नदिनेमा ८४ जना सांसद रहेका छन् । पार्टीको निर्णय विपरित नेकपा एमालेका नेता माधव कुमार नेपाल तथा अध्यक्ष केपी शर्मा ओली पक्षकै पनि केही सांसदहरुले विश्वासको मत दिएपछि देउवाले आफ्नो पक्षमा १६३ मत प्राप्त गरेका हुन् । त्यस्तै, जसपाको दुवै पक्षले विश्वासको मत दिएका छन् । ओली पक्षका समेत ४ जना साँसदले देउवालाई विश्वासको मत दिएका छन् ।

यसरी मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।