ब्युटी न्युज नेपाल
काठमाडौं, २ असार

गायन क्षेत्रका प्रतिभा खोज्ने कार्यक्रम भ्वाईस अफ नेपालका दुई कोचहरु ‘भ्वाईस अफ नेपाल–सिजन २’मा अटनन् । भ्वाईस अफ नेपालको पहिलो सिजनमा कोच बनेका पप गायक सनुप पौडेल र रक गायिका अभया सुब्बा (स्टिम इन्जिन) दोश्रो सिजनबाट हटाईएका हुन् ।

भ्वाईस अफ नेपाल पहिलो सिजनका बाँकी दुई निर्णायक बरिष्ट गायक दीप श्रेष्ठ र गायक प्रमोद खरेल दोश्रो सिजनमा पनि रहेका छन् । यस अघिको कोच सनुप पौडेलको ठाउँमा मँगोलियन हार्टका गायक पप गायक राजु लामालाई अनुबन्धित गरिएको छ । केही समयदेखि अमेरिका बस्दै आएका राजु लामा यही कार्यक्रमका लागि नेपाल आएका छन् ।

यस्तै रक गायिका अभया सुब्बालाई हटाएर उनको ठाउँमा पप गायिका आस्था राउतलाई कोचको रुपमा अनुबन्धित गरिएको छ । आस्थ करिब एक दशकदेखि नेपाली संगीत क्षेत्रमा छिन् ।

भ्वाईस अफ नेपाल पहिलो सिजनकी कोच अभया सुब्बाले भ्वाईस कार्यक्रमको केही नियमहरु तोडेकाले उनलाई कोचबाट निकालिएको एक आयोजकले बताए । ती आयोजकले भने,‘भ्वाईस अफ नेपालको कतारमा सम्पन्न फाईनल कार्यक्रमलाई वेवास्ता गर्दै अभयाजी अन्य देशमा कन्सर्टका लागि जानु भयो । यो सहित अन्य केही कारणले गर्दा उहाँलाई यसपटक कोचमा राखिएन ।’

यस्तै गायक सनुपले पनि राम्ररी कोच गर्न नसकेको आरोप लागेको आयोजक पक्षका एक सदस्यले बताए । संगीत सृजना र लोकप्रियताको हिसावले सनुप केही ओझेलमा रहेकाले उनलाई निकालिएको अर्का सदस्यको भनाई थियो । तर उनले नै चासो नदिएको कारण अनुप दोश्रो सिजनमा नअटेको आरोप छ ।

भ्वाईस अफ नेपाल सिजन – २ को छायाँकन सुरु हुनु भन्दा एक केही दिन अघिमात्र आयोजक पक्षले काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरेर यस पटक दुई जना कोच परिवर्तन भएको जानकारी गराएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रायोजकसँग हस्ताक्षर गर्दै दुई जना कोच परिवर्तन गरिएको जानकारी दिईयो ।

आगामी साउनको पहिलो साताबाट भ्वाईस अफ नेपाल सिजन २ हिमालयन टेलिभिजनबाट प्रशारण हुँदैछ । अभयाको ठाउँमा आस्था कोचको रुपमा अनुबन्धित हुँदा उनले यो कार्यक्रममा सहभागी हुनेहरुलाई संगीत कोच गर्न सक्लिन त भन्ने प्रश्न पनि पत्रकार भेटघाटका क्रममा उठेको थियो ।

एक दशकदेखि गायनमा लागेकी अहिलेकी कोच आस्था आफैंमा संगीतिक घरनाकी हुन् । उनका बुबा हरिबहादुर राउत अग्रज लोक गायक हुन् । एक दशक अघि सालको पात टपरी गाँसेर… गीतको रिमिक्स भर्सन गाएर आस्थाले गायन यात्रा सुरु गरेकी हुन् ।

साँगीतिक यात्राको क्रममा फिल्म मायाज बारको माया यो माया…गीत हिट भएपछि आस्थाले ढुवानी चलचित्रको छलक लछक…गीत र चलचित्र लँकाको बाल मत्लव गीत पनि गाईन् । तर पहिलो गीतको तुलनामा आस्थाको बाँकीफिल्म गीत सफल भएनन् ।

आस्थाका दुई ओटा गीत चौबन्दीमा पटुका बाँधेको…, झुम्के बुलाकी…गीत सर्वाधिक हिट छन् । आधा दशक अघिको यी हित गीत अहिले पनि विभिन्न कार्यक्रममा त्यत्तिकै बझ्ने गरेका छन् । त्यसपछि भने आस्थाले हित गीत ल्याउन सकेकी छैनन् ।

यता अर्का कोच राजु लामा पप व्यान्ड मँगोलियन हार्टका भोकलिस्ट हुन् । उमेरले ४० वर्ष पुगेका राजु बिगत अढाई दशकदेखि नेपालीमा सक्रिय छन् । पछिल्लो समय अमेरिकामा बसे पनि उनको नेपाल र अमेरिका आबत जावत जारी छ ।
सन १९९४ मा पहिलो गीतसँग्रह सोलुसन निकालेर गायन यात्रा सुरु गरे पनि दोश्रो गीतिसँग्रह मँगोलिन हार्टको तिमीलाई देखेर हिमाल हाँसेको…गीत मार्फत राजु लामा श्रोताबीच हिट भए । राजु लामाले आफ्नो व्यान्ड ग्रुपसँग मिलेर १० ओटा भन्दाबढी गीति एल्बम निकालीसकेका छन् ।

भ्वाईस अफ नेपाल सिजन २ बाट सनुप पौडेल र अभया सुब्बा निकालिएपछि उनीहरुको ठाउँमा यी दुई कलाकार आस्था राउत र पप गायक राजु लामा चयन भएका हुन् ।

दर्शक मित्रहरु हाम्रो भिडियोलाई हेरेर सही कमेन्ट गरी हामीलाई सस्क्राईव गर्न नभुल्नु होला । सस्क्राईबसँगै छेउमा रहेको घन्टी दबाउनु भयो भने तपाईलाई ब्युटी न्युज नेपालको यस्ता नयाँ नयाँ भिडियो नियमित प्राप्त हुनेछ ।