ब्युटी न्युज नेपाल
काठमाडौं, ७ जेठ

नयाँ चलचित्र पोई पर्यो कालेको निर्माण घोषणा गरिएको छ । आगामी तिहार अर्थात ८ कात्तिकमा रिलिजको गर्ने भन्दै यो फिल्मको निर्माण घोषणा गरिएको हो ।

सोमबार काठमाडौंमा एक समारोहबी चलचित्रको शिर्ष गीत ए दिदी पाईपर्यो काले….मा कलाकारको अभिनय सहित फिल्म पोई पर्यो कालेको मुहुर्त सर्ट दिए । मुहुर्त सर्टको निर्देशन चलचित्र विकाश बोर्डका अध्यक्ष एवम् कलाकार केशब भट्टराईले निर्देशन गरे ।

चलचित्रलाई शिशिर राणाले निर्देशन गरेका हुन् । फिल्मलाई राणाले नै लेखेका हुन् । पोई पर्यो कालेमा काले पोईको भूमिकामा सौगात मल्ल प्रस्तुत हुने भएका छन् । यो चलचित्रमा सौगात मल्ल र सृष्टी श्रेष्ठ जोडी बन्दैछन् । नेपाली चलचित्र क्षेत्रमै अहिलेसम्मकै सबैभन्दा बढी २० लाख रुपैयाँ पारिश्रमिक लिएकी अभिनेत्री पुजा शर्मा र अर्का अभिनेता आकाश श्रेष्ठ यो चलचित्रमा जोडी बनेर प्रस्तुत भएका छन् ।फिल्ममा सृष्टी र पुजा दिदी बिहिनीको रोलमा हुनेछन् ।

फिल्मका अन्य कलाकारमा सोहित मानन्धर, बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल छन्दे र निर्देशक शिशिर आफैं रहेका छन् । अभिनेत्री सुरक्षा पन्त यो चलचित्रमा अतिथि भूमिकामा हुनेछिन् ।

शिशिर राणाले निर्देशन गर्ने यो चलचित्रलाई मनाङका प्रदेश सभा सदस्य दीपक मनाङ्गे अर्थात राजिव गुरुङले यो चलचित्र निर्माण गर्दैछन् । अरु निर्मातामा अ. देबी राई, किरण नेपाली, रघु परियार, अर्जुन खनियाँ, देब तामाङलगायत छन् ।

यो चलचित्रको १३ जेठबाट छायाँकन सुरु हुँदैछ । फिल्मलाई पोखरा र मुस्ताङमा गरिने छ । फिल्मको छायाँकारमा शिब ढकाल रहेका छन् ।

तारा थापा किम्भेको सम्पादन, कविराज गहतराज, रामजी लामिछाने, रविन शाहको नृत्य निर्देशन, सुवास भुसाल, पुरुषोत्तम लामिछानेको संीत पोई पर्यो कालेमा रहने छ ।