मोडल हन्टमा २६ प्रतिस्पर्धी


ब्युटी न्युज नेपाल
काठमाडौं, १ जेठ

‘एसईई मोडल हन्ट २०१९’का २६ प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् । बिभिन्न चरणको अडिसनबाट छानिएका ११ केटी र १५ केटी प्रतियोगी अन्तिम स्पर्धाका लागि केही सातादेखि प्रशिक्षण मार्फत आफ्नो प्रतिभा निखार्न जुटेका हुन् ।
प्रशिक्षणका क्रममा उनीहरुले ब्यवसायिक मोडलिङका लागि चाहिने बिभिन्न प्रशिक्षकसँगै अभिनेता, अभिनेत्री, लेखक, फेसन डिजाइनर, राजनीतिक, ब्यबसायीलगायत समाजका प्रतिष्ठित ब्यक्तिहरुबाट उनीहरुकै क्षेत्रको अनुभव समेत हासिल गर्नेछन् ।

एसएलसी दिएर बिभिन्न क्षेत्रमा करियर बनाउने सोचमा रहेका र मोडलिङमा भबिश्य खोज्न चाँहनेहरुका लागि ‘एसईई मोडल हन्ट’ एउटा उपयुक्त प्लेट र्फम पनि हो ।

‘एसईई मोड हन्ट’को अन्तिम स्पर्धा यही जेठ १४ गते जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुँदैछ । प्रतियोगितामा महिला तथा पुरुषबाट एक एक गरेर दुई शिर्ष बिजेता छानिने छ ।

शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने प्रतियोगितामा शिर्ष बिजेताले मेघा कलेजबाट उच्च शिक्षा अध्यायनका लागि फुल स्कलरसिप, बज्र ननिताज् जिमबाट ५०, ५० हजार बराबरको ६ महिनाका लागि सुबिधा लगायत बिभिन्न गिफ्ट ह्याम्पर समेत जित्न सक्ने आयोजकले जनाएको छ ।