विवाह पछि चलचित्रको प्रचार प्रसारमा भेटिईन् अभिनेत्री अनु


ब्युटी न्युज नेपाल
काठमाडौं, ४, बैशाख

बिगत ८ महिनादेखि नीजि जीवनमा ब्यस्त अभिनेत्री अनु शाह बुधबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक भएकी छिन् । आफुले अभिनय गरेको चलचित्र पसिनाको ट्रेलर रिलिज समारोहमा उनी सार्वजनिक भएकी हुन् ।

एक वर्ष भन्दा लामो समयदेखि अभिनेता सविन श्रेष्ठसँग प्रेम सम्बन्धमा रहेकी अनुले ६ महिना अघि विवाह गरेकी हुन् । अनु र सविनले कानूनी विवाह गरेका हुन् । विवाह अघि उनीहरुको प्रेम सम्बन्धले निकै चर्चा पाएको थिए । आफुहरुको सम्बन्ध खुलासा भएपछि सविन र अनुले अदालती विवाह गरे । कोर्ट म्यारिजपछि विवाहको पारिवारिक रीति रिवाज पुरा गरे पश्चात अनु र सविनाले आफुहरुको विवाह भएको समाचार सार्वजनिक गरेका थिए ।

अभिनेत्री अनुले पछिल्लो समय चलचित्र खेलेकी छैनन् । दाम्पत्य जीवनमा बाँधिएपछि उनी त्यतै ब्यस्त भएकी छिन् । सोही कारण पनि उनी बिगतको भन्दा केही मोटाएकी छिन् । उनको लुक्स पनि निकै फरक भएको छ ।

चलचित्र पसिनाको ट्रेलर रिलिज समारोहमा आउँदा उनलाई कतीपयले एक नजरमा झट्ट चिन्न पनि सकेनन् । बिगतको भन्दा केही मोटाएकी र विवाहित महिला जस्तो देखिने निकै शोभर कुर्था सलवारमा सजिएर कार्यक्रममा आएका कारण पनि अनुलाई देख्नेहरुले झट्ट नचिनेका हुन् ।

आरबीके खत्री सरदको चलचित्र पसिनाकी मुख्य नायिका अनुले यो चलचित्रमा अभिनेता गौरब पहारीसँग जोडी बाँधेकी छिन् । यो फिल्ममा आफुले गरेको अभिनय बारे नायिका अनुले ट्रेलर रिलिज समारोहमा यसो भनिन् ।

नेपाली कलाकारहरु समेत पछिल्लो समय अमेरिका छिर्ने होड चलेको छ । तर यो कुरा अनुलाई मन पर्दैन् । चलचित्र पसिनामा अनुले स्वदेशमै केही गरौं भन्ने सन्देश युक्त भूमिका निर्वाह गरेकी छिन् । बिदेशका साटो नेपालमै बसेर केही गरौं भन्ने अनुरोध अनुले यसरी कार्यक्रममा दर्शकलाई गरेकी छिन् ।