ब्युटी न्युज नेपाल
काठमाडौं, १३ चैत

सामुदायिक सञ्चार समुहले बैंककमा यो साता आयोजना गरेको सम्मान कार्यक्रममा विभिन्न पेशाका व्यक्तिहरु सम्मानित भएका छन् । यसै क्रममा व्युटिसियन क्षेत्रबाट बरिष्ट व्युटिसियन सुमित्र रञ्जित सहित सौन्दर्यकला कला व्यवसायी संघ कास्कीकी अध्यक्ष सोनम गुरुङ सम्मानित भएकी छिन् ।

थाईल्यान्डका लागि नेपाली राजदुत डा. खगनाथ अधिकारी, मातृभूमि नेपालका अध्यक्ष एवम् ब्यबसायी सुनिल खड्का, सामुदायिक सञ्चार समुहका अध्यक्ष लगायतले उनलाई ‘इन्टरनेशनल थाई अवार्ड २०१९’ सम्मान प्रदान गरेका हुन् । आइरिस हेयर एण्ड व्यूटीकेयर एकेडेमी प्रालि पोखराकी प्रवन्ध सोनम गुरुङलाई ब्युटिसियन क्षेत्रमा लामो योगदान पुर्याएको ठहर सहित सो अन्तरािष्ट्रय अवार्डबाट सम्मानित गरिएको हो ।

यो सम्मानले आफुलाई अघि बढ्न अझ प्रेरणा मिलेको सोनमले बताएकी छिन् । सम्मान ग्रहण गरेर सोनम सहित सबै नेपाल फर्किईसकेका छन् ।