ब्युटी न्युज नेपाल
काठमाडौं ३० फागुन

अग्रज गायकको रुपमा आफ्नो परिचय स्थापित गरेका आनन्द कार्कीले केही समय यताबाट आफुलाई संगीतकारको रुपमा पनि चिनाउन थालेका छन् । यिनै अग्रज गायक कार्कीले आफ्नो संगीत र स्वरमा नयाँ गीत दिन सम्झी सम्झी…दर्शकमाझ ल्याएका छन् ।

उनले यो गीतको भिडियो युट्युव मार्फत रिलिज गरेका छन् । गीत निकै कर्णप्रिय बनेको छ । सिन्धु राणाले लेखेको यो गीतको संगीत सँयोजन अमुल कार्की ढलीले गरेका हुन् ।

सिमोन न्यौपानेले निर्देशन गरेको यो गीतको भिडियोमा थिम मोडलको रुपमा सम्पदा बानियाँको अभिनय हेर्न पाईन्छ । गायककै रुपमा आनन्द कार्की भिडियोमा प्रस्तुत भएका छन् । भिडियोको सम्पादन मानिष बोहराले गरेका हुन् ।