अदिति मिस सुपर मोडल ग्लोव २०१९ मा सेकेन्ड रनर अप


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ फागुन

नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी अदिति अधिकारीले भारतमा आयोजित अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोव २०१९’मा सेकेण्ड रनरअपको उपाधि हाँसिल गरेकी छिन् । उनले ‘मिस फेसन मोडल’को उपाधि पनि पाईन् ।

नयाँ दिल्लीमा सम्पन्न प्रतियोगिता नेपाल, भारत, चीन, बंगलादेश लगायत १६ देशका सुन्दरीहरु सहभागी थिए । नेपाली कलासंस्कृतिले भरिएको बिभिन्न पोसाक समेत प्रस्तुत गरेकी अदितिले प्रतियोगिताबाट आफुले धेरै कुरा सिक्न मिलेको बताइन् ।

१८ बर्षीय अदिति नेक्स्ट मोडल नेपाल आयोजक रहेको ‘मोडल हन्ट नेपाल २०१८’ की बिजेता हुन् । प्रतियोगीतामा शिर्ष उपाधि मिस रसिया तातीयाना र फष्टरनर अप मिस फिलिपिन्स पाउलिनले जितेका थिए ।