भ्रस्टाचार मुक्त समाज बनाउन १०० कडा १० खेलें– मनोज गजुरेल

बिगत अढाई दशकदेखि स्टेज शोको रुपमा कमेडी कार्यक्रम गर्दै आएका कलाकार मनोज गजुरेल बल्ल चलचित्रमा आएका छन् । आफ्नो अभिनय यात्राको २५ वर्षपछि उनी चलचित्र क्षेत्रमा आएका हुन् । रामशरण पाठकले निर्देशन गरेको चलचित्र ‘१०० कडा १०’मा उनले अभिनेताको भूमिका निर्वाह गरेका छन् । यो फिल्म १८ माघबाट सिनेमा हलमा आउँदैछ । अभिनय यात्राको अढाई दशकपछि मात्र फिल्म क्षेत्रमा आउनुको कारण, १०० कडा १० मै काम गर्नुकोकारण र यो चलचित्रकोबारे ब्युटी न्युज नेपालकी समाचारदाता सरिता भारतीले हास्यब्यँग्य अभिनेता मनोज गजुरेलसँग बार्तालाप गरेकी छिन् ।

– चलचित्र १०० कडा १० कस्तो फिल्म छ ?
हामी फिल्म सम्बद्ध व्यक्तिले त राम्रो छ, सुन्दर छ, अदभुत छ, कहीं नभएको छ भनिहाल्छौं । कस्तो छ भन्नको लागि माघ १८ गते हल–हलमा सिनेमा लाग्दैछ । दर्शक श्रोता, शुभचिन्तकहरुलाई म निमन्त्रणा गर्दछु । तपाईको नजिकको हल हलमा गएर यो चलचित्र हेरिदिनु होला । हामीलाई कमेन्ट गरिदिनु होला । जहाँसम्म स्वभातव सिनेमा भन्नासाथ यसमा मनोरञ्जन हुन्छ, यसमा राजाराम पौडेल हुनुहुन्छ, म छु, रवी डंगोल हुनुुहन्छ । यसमा थुप्रै नयाँ कलाकार हुनुहुन्छ युवा उर्जा सहितका । पक्कै पनि कमेडी त छ नै । टिन एजका भाई बहिनी पनि हुनुहुन्छ । भर्खर २० वर्ष कटेका युवा युवती फिल्ममा हुनुहुन्छ । त्यसैले प्रेम तथा अहिलेका युवावर्गलाई चाहिने अदभुत सामग्री यसमा छँदैछ । देसको सबैभन्दा डरलाग्दो भ्रष्टाचार नियन्त्रणको उपाय पनि सिनेमाबाट दिईएको छ ।

तपाईलाई धेरै फिल्मले अफ्फर गर्दा पनि एक्कासी अहिले यो फिल्ममा खेल्नुको कारण चै के नी ?
जेका लागि पनि समय कुर्नुपर्छ । अहिले बल्ल फिल्म खेल्ने समय आएको जस्तो लाग्छ । ब्यक्तिगत रुपमा मलाई लागेको चैं जतिखेर म कलाकारिता सुरुवात गर्दै थिएँ । त्यतिबेला म एउटा निश्चित राजनीतिक विचारद्धारा निर्देशित र सो बिचार आबद्ध थिएँ । मलाई पार्टीबाट यो सिनेमा भनेको बुर्जवाहरुले गर्ने काम हो, हामी जस्ता प्रगतिशिल मान्छेले सिनेमा खेल्नु हुँदैन भन्ने बुझाईएको थियो । तर सिनेमा भनेको सन्देश र मनोरञ्जन सम्प्रेषणको एउटा राम्रो माध्यम हो भन्ने जब बुझ्न थालियो । त्यो बेला म रँगमञ्चमा व्यस्त हुन थालिसकेको थिएँ । जव फिल्ममा प्रस्ताव आउन थाल्यो, तपाई एकदम स्टेजमा हँसाउनु हुन्छ आउनुस मनोजजी फिल्ममा हँसाउँ भनियो । त्यो बेला फेरी हास्यव्यँग्य कलाकार भन्नासाथ सिनेमामा केबल जोकरको रुपमा मात्र प्रयोग गरियो । त्यसैले म त्यत्तिमात्र हैन जस्तो लाग्यो । अरु केही विशेष दिन सक्छु भन्ने लाग्थ्यो । यी यावत चिजले मलाई फिल्ममा आउन रोक्यो । फिल्ममा अब डेब्यु गरेर हामफाल्ने भन्ने पनि हैन । मैले जुन समाजमा हास्यव्याँग्यको साथै सन्देश सम्प्रेषण गर्ने काम गरें । त्यही चिज ठुलो पर्दा मार्फत पनि गरिएको हुनाले १०० कडा १० मा काम गरें । अहिलेको युवा पुस्तालाई भ्रष्टाचार विहिन समाज निर्माणका लागि सुन्दर सन्देश भएको कथा यसमा रहेछ । यस्ता धेरै कारणले गर्दा १०० कडा १० मा अभिनय गरें ।

( बाँकी कुराकानी व्युटी न्युज नेपालको युट्युव पेज सस्क्राईब गरेर यो भिडियोमा हुर्नु होला)ः