मधेशको द्धन्द्धमा भिलेन, यस्तो छ ट्रेलर


ब्युटी न्युज नेपाल
काठमाडौ, १० पुष

चलचित्र ‘भिलेन’को ट्रेलर रिलिज गरिएको छ । लामो समयपछि फेरी मधेशद्धन्द्धको कथालाई यो फिल्ममा उतारिएको छ । ट्रेलरमा मधेशको द्धन्द्धलाई ससक्त रुपमा देखाईएको छ । यो चलचित्र एक्सन जनराको छ ।

भिलेनमा अभिनेता निखिल उप्रेती भिलेनकै रुपमा छन् । उनीसँगै शिल्पा पोखरेल पनि एक्सन भूमिकामा छन् । दुवै कलाकार मधेसी पात्रको रुपमा उत्रिएका छन् । कपिल खत्रीको प्रस्तुति रहेको भिलेनमा मौनता श्रेष्ठको लेखन, सौरभ लामा र मदन कश्यप घिमिरेको छायाँकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।

भिलेनमा बसन्त सापकोटा, बाबुल गिरी र लाल कुमार बरालको संगीत, शुक्रराज शाहको द्धन्द्ध निर्देशन, दीपेन्द्र तिमिल्सिना र दीपक श्रेष्ठको नृत्य निर्देशन छ । यो चलचित्रलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।

यो चलचित्रलाई पाण्डेले २७ पुषमा रिलिज गर्दैछन् । अर्को चलचित्र चौक दाउ पनि यही दिन रिलिज हुँदैछ । तर एक हप्तमा दुई ओटा फिल्म जुध्दा फरक नपर्ने निर्देशक पाण्डेले बताएका छन् । दुबै फरक जनराको भएकाले असर नपर्ने पाण्डेको कथन छ ।

यो चलचित्रमा निखिल र शिल्पासँगै निशा अधिकारी, कपिल खत्रीलगायतको मुख्य भूमिका छ । यो फिल्मलाई द ग्लोबल पिक्चर्स प्रालिको ब्यानरमा बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । फिल्मलाई सुनिल मानन्धरले बितरण गर्दैछन् । माघे सक्रान्तीको अबसर पारेर २७ पुषमा रिलिज डेट मिलाएको वितरक मानन्धरले बताए ।