काठमाडौंमा नेपाल–अफ्रिका चलचित्र महोत्सव शुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, १० मंसिर

काठमाडौंको रसियन कल्चरल सेन्टरमा सोमबारबाट सातौं नेपाल–अफ्रिका चलचित्र महोत्सव(२०१८’ शुरु भएको छ । बुधबारसम्म जारीरहने यो महोत्सवको पहिलो दिन आज तीन वटा फिल्म प्रदर्शन गरिएको छ ।

आज इजिप्टका मोहमद फाडलद्वारा निर्दे्शित नासिर ५६, चीनका ज्याङयोङ, होडन ओ अब्डी र फु डोङ निर्दे्शित अफ्रिकन इन युवा, स्विजरल्यान्डका आइरन लोएबल निर्दे्शित लाइफ इन प्रोगेस प्रदर्शन गरियो ।

विभिन्न विषयवस्तुमा आधारित ११ वटा फिल्म प्रदर्शनी गरिने कलेज अफ जर्ना्लिजम एन्ड मास कम्युनिकेसन (सिजेएमसी) एवम् फेस्टिभलकी आयोजक तथा निर्देशक डा. मन्जु मिश्रले जानकारी दिइन् । अफ्रिकालाई यस्तै सांस्कृतिक विषयवस्तु जानकारी दिन फेस्टिभल आयोजना गरिएको हो । महोत्सवमा विदेशी चलचित्र निर्देशकको समेत उपस्थित रहेको छ । महोत्सवमा अन्तिम दिन नेपाली नायिका रेखा थापा लगायतको उपस्थितिमा समापन गरिने आयोजकले जानकारी दिएको छ ।

महोत्सवको दोस्रो दिन स्विडेनका नाडिया डाइवर्ग र पी युलिन्स निर्दे्शित ‘फुटबोलडोक्र्टन’, रुवान्डा, फ्रेन्च र बेल्जियमका फिलिप भ्यान लु निर्दे्शित ‘ली लोर ओ डाइस्ट’, ‘पार्टी इन भोग ’र सेनेगलका ओस्मान विलियम मेबी निर्दे्शित ‘प्रेसिडेन्ट डाई’, र अल्जेरियाका मर्जाकओल्ज निर्दे्शित ‘बाबएल क्यु सिटी फिक्सन’ फिल्मको प्रदर्शन गरिनेछ ।

यस्तै, तेस्रो दिन अमेरिकाका जर्ज क्यासी निर्दे्शित ‘द सेरेन्गेटी’, साउथ अफ्रिकाका डारयन जोसाउ निर्देशित ‘कल मी थिफ’ फिलिपिन्सको ‘भेलभेट रेभ्युलेसन’ र नेपालबाट मनोज पण्डितद्वारा निर्दे्शित फिल्म ‘छाया’ प्रदर्शन गरिनेछ ।