सुश्री सम्पत्तिको ट्रेलरमा युवती फसाउनेको कथा


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ मँसिर

प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र ‘सुश्री सम्पति…’ को ट्रेलर रिलिज गरिएको छ । यही २८ मङ्सिरमा रिलिजमा आउने यो चलचित्रको ट्रेलरमा दुई युवा सुश्री सम्पति (युवती) को पछाडी लागेको देखाईएको छ ।
सम्पत्तिको लागि दुई युवतीको पछि लागेर उनीहरुले गरेको संघर्षको कथा ट्रेलरमा समेटिएको छ । ट्रेलरमा फिल्मका तिन पात्र सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी र राजाराम पौडेलको अभिनय देख्न पाईन्छ । यिनकै वरपर फिल्मको कथा घुम्ने भएकोले ट्रेलर पनि यिनमै फोकस छ ।

फिल्मको ट्रेलरलाई सहिल खानले तयार पारेका हुन् । रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा सुश्री सम्पत्ति तयार भएको हो । ‘ट्रेलरमा हामीले दर्शकलाई हाम्रो जनर बताएका छौ । फिल्म रमाइलो बनेको छ र दुई युवाले सुश्री र उनिसँग भएको सम्पति प्राप्तिका गर्ने संघर्षले दर्शकलाई भरपुर मनोरंजन प्रदान गर्छ ।’ निर्देशक आचार्यले भने ।

ट्रेलरबारे अभिनेता सलोनले भने,‘फिल्म रमाइलो बनेको जस्तो लाग्छ । हामीले गर्ने काम मन परेर नै गरेका छौ, अब दर्शकको प्रतिक्रिया बाँकी छ ।’

यस्तै अभिनेत्री साराले फिल्मको सुश्री आफु नै भएको बताएकी छिन्,‘फिल्म नै आफुले बोक्नु पर्ने भएकोले मैले निकै मेहनत पनि गरे । यो सिनेमासम्म आइपुग्दा मेरो काममा निकै सुधार भए जस्तो लाग्छ ।’

तयार भएको फिल्ममा विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा छिन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको सम्बाद रहेको चलचित्रको पटकथा अभिमन्यूकै रहेको छ ।