किन आउँछ याद दुवईको समुद्री तटमा


व्युटी न्युज नेपाल
काठमाडौं, १ मँसिर

गायिका लक्ष्मी विकले नयाँ गीत ‘किन आउँछ याद तिम्रो पलपलमा…’ को भिडियो रिलिज भएको छ । युएईमा बस्दै आएकी आरजे तथा मोडल विजयलक्ष्मी राईले भिडियोमा मोडलिङ गरेकी छिन् ।

प्रेम बियोग युक्त यो गीतलाई जितेन तामाङ लामाको शब्द रचना गरेका हुन् । भिडियोमा गीतको ‘सेन्टिमेन्ट’लाई जस्ताको तस्तै उतारिएको छ । यस गीतको भिडियोलाई विजय तामाङले निर्देशन गरेका ह्ने । उनले भिडियोमा एउटा सत्य प्रेमको भावनालाई कलात्मक रुपमा उतारेका छन् ।

भिडियोमा विजयीलक्ष्मीसँगै निर्देशक तामाङ र मोडल वसन्त लामाले अभिनय गरेका छन् । युएईकै समुद्री तट तथा विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको यस भिडियो निकै सुन्दर बनेको छ ।

हेल्लो नेपाल इन्टरटेनमेन्टको अफिसियल यु्–ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस भिडियोलाई निरोज लामा र प्रकाश न्यौपानेले खिचेका हुन् । यसको सम्पादन छवि राना मगरले गरेका हुन् ।