गोजीमा दाम छैनलाई डेढ करोडको सफलता


व्युटी न्युज नेपाल
काठमाडौं १३ कात्तिक

१६ कात्तिक शुक्रबारबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र चँगा चेटको गीत गोजीमा दाम छैन…लाई युट्युवमा ठुलो सफलता मिलेको छ । यो गीतलाई डेढ करोड भन्दा बढी पटक दर्शकले हेरिसकेका छन् ।

यही क्रममा निर्माण पक्षले मँगलबार काठमाडौंमा केक काटेर खुसी साटेको छ । चलचित्रकी अभिनेत्री सुरक्षा पन्त, पारमिता राज्यलक्ष्मी राणा, निर्देशक दीपेन्द्र के खनाल, निर्माता माधव वाग्ले, शर्मिला पाण्डे, गीतकार हरिहर तिमिल्सिना, संगीतकार राजनराज शिवाकोटी लगायतको सहभागितामा केक काटिएको थियो ।

हेर्नुस  भिडियाे ः

निर्देशक दीपेन्द्र के खनालले गीत साह्रै मिठो बनेकै कारण दर्शकले यती धेरै रुचाएको बताए । गीतमा भनिए अनुसार तीन जना पात्र पैसाको वरपरी घुम्दा आउने समस्यामा फिल्म केन्द्रित रहेको पनि दीपेन्द्रले खुलासा गरे । त्यसैले फिल्मको कथा अनुसारकै गीत बनेको पनि उनले बताए ।

गीत जस्तै फिल्म पनि राम्रो बनेकाले यसले निर्माताको गोजीमा दाम भर्ने ठट्यौली निर्माता माधव वाग्लेले सो कार्यक्रममा गरे । फिल्म हास्य प्रधान रहेको र यसमा पैसाको कथा रहेको पनि उनले प्रस्ट पारे ।

चँगा चेटमा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, रबिन्द्र झा, सुरक्षा पन्त, संदीप क्षत्री, पारमिता राज्यलक्ष्मी राणालगायतको अभिनय छ । यो चलचित्रमा निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल, ऋचा शर्मालगायतका कलाकार विशेष भूमिकामा छन् ।