चलचित्र शान्तिको गीत बलेसीमा पानी खस्यो…रिलिज


व्युटी न्युज नेपाल
काठमाडौं, २८ असोज

नेपाली चलचित्र ‘शान्ति’ को गीत ‘बलेसीमा पानी खस्यो…’को भिडियो शनिबार युट्युव मार्फत रिलिज गरिएको छ । गीतमा दिनेश लिङदेनको शब्द, विकास चौधरीको संगीत र विकास तथा सशिका राईको स्वर छ । सुशिल क्षेत्री र निशा पोमुले अभिनय गरेको गीतमा जनक राईको कोरियोग्राफी छ ।

यो चलचित्र आगामी १४ मंसिरबाट रिलिज हुने छ । शान्तिका निर्देशकसमेत रहेका दिनेशका अनुसार फिल्मले वैदेशिक रोजगारीमा नेपालीहरूको यथार्थता, पारिवारिक, सामाजिक एवम् प्रेमकथालाई प्रस्तुत गर्नेछ ।

https://www.youtube.com/watch?v=BRZSMo7-TMU&feature=share

फिल्ममा सुशिल क्षत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सन्जिब थेबे, सुदिता लिङदेन, बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदिप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारीको अभिनय छ । फिल्ममा विकास चौधरीको संगीत, जनक कार्कीको नृत्य, राजु किराँती, ज्ञानु राईको छायांकन र मेग मगरको सम्पादन छ ।

पूर्व ‘मिस लिम्बु’ निशा पोमु र सन्जिब तथा सुप्रियाको यो ‘डेब्यु’ फिल्म हो । शान्ति वखिम थेबे निर्माता तथा बसन्त थेवे कार्यकारी निर्माता रहेको फिल्ममा कविता राई लिङ्देन प्रस्तुतकर्ता छिन् ।