‘नालापानी’ को टिजरमा भव्य देखियो नेपाल अँग्रेज युद्ध


व्युटी न्युज नेपाल
काठमाडौं ११ असोज

बीर बलभद्र कुँवरको नेतृत्वमा अँग्रेजसँग सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धलाई निर्देशक रिमेश अधिकारीले चलचित्र ‘नालापानी’मा समेटेका छन् ।

भिएफएक्सको अधिक प्रयोग भएको चलचित्र नालापानीको टिजर बिहिबार काठमाडौंमा एक समारोहमा रिलिज गरियो ।
देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई भव्यसँग यो चलचित्रमा उतारिएको टिजरबाट प्रस्ट हुन्छ ।

चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन । प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’ मा ‘नालापानी’ आधारित छ ।

चलचित्र नालापानीमा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठसहितका कलाकारको अभिनय छ ।

यस फिल्ममा मनोज शाक्य निर्माताको रुपमा रहेका छन् । रिमेश अधिकारी निर्दे्शित फिल्मको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।

ज्ञानेन्द्र थपलिया कार्यकारी निर्माता रहेको फिल्मको सह(निर्मातामा गणेश कार्की छन् । सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर रहेको ‘नालापानी’ मा कविराज गहतराजको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन छ ।

पद्मा कुमारी फिल्मस प्रा.ली. र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बनेको बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेल र बसन्त खत्री मगरले भिएफएक्स गरेको यस फिल्मलाई रामशरण उप्रेतीले छायांकन गरेका छन् ।