टिनएजकी नायिका प्रतिक्षाको हट पोज


व्युटी न्युज नेपाल
काठमाडौं, २० साउन

२५ साउनबाट नेपाली चलचित्र टिनएज देशव्यापी प्रदर्शनमा आउँदैछ । यो चलचित्रलाई दिनेश पाख्रिनले निर्देशन गरेका हुन् । नृत्य निर्देशन दिन पाख्रिनले यो फिल्ममा नव नायक नायिकाहरुलाई स्थान दिएका छन् ।

टिनएजमा मुख्य नायिकाको रुपमा प्रतीक्षा खड्का छिन् । उनले यस अघि फिल्म द मँगोलियनबाट डेब्यु गरेकी हुन् । मोडलिङबाट चलचित्रमा आएकी प्रतीक्षाको बिच्छी, समयको माग जस्ता फिल्म पनि प्रदर्शनीको तयारीमा छन् ।

फिल्म टिनएजबाट आफ्नो करिअर माथि उठ्ने विश्वास लिएकी प्रतीक्षा भार्खर टिनएज पार भएकी छिन् । उनी सबैभन्दा रमाईलो जीवन नै टिनएज हुने बताउँछिन् ।

टिनएजमा धेरैका प्रेम सम्बन्ध स्थापिन हुने भए पनि आफु कसैको प्रेममा नपरेको यी अभिनेत्रीको दाबी छ ।
चलचित्र टिनएजमा भने दुई नायकको लभमा आफु भएको उनले बताईन् । जसमा उनी सरोजकुमार शाह र नरेशबीर सिंहको नायिकाको रुपमा छिन् ।

टिनएजमा केटाकेटीहरुले भोग्ने समस्या र उनीहरुको टिनएजको शैलीमा यो चलचित्र निर्माण भएको प्रतीक्षाले बताईन् ।
नृत्य निर्देशक दिनेश पाख्रिनले यसलाई राम्रो फिल्म बनाएको प्रतीक्षाको भनाई छ । आफुले अभिनय गरेका मध्य सबैभन्दा राम्रो फिल्म टिनएज भएकाले यसलाई हेरेर आफुलाई सही प्रतिक्रिया दिन प्रतीक्षाले दर्शकलाई अनुरोध गरेकी छिन् ।