वीराङ्गनामा अनुप र शिल्पा बेहुला बेहुली


व्युटी न्युज नेपाल
काठमाडौं, १७ असार

आगामी २९ असारमा रिलिजहुने चलचित्र वीराङ्गनामा अनुपविक्रम शाही र शिल्पा पोखरेलबीच विवाह भएको तस्विर निर्माण पक्षले सार्वजनिक गरेको छ ।

यो चलचित्रमा यी दुबै शसस्त्रप्रहरीको भूमिकामा छन् । तर फिल्म भित्र यीदुई विवाह बन्धनमा बाँधिएको फोटो सार्वजनिक गरिएको छ । शाही सुटिङमै व्यस्त भएको र फिल्मको प्रमोशनमा साथ नदिएको भन्दै निर्माण पक्षले गुनासो गरेको छ । महिला शसस्त्र शिल्पासँग अनुपको मिलनपछि विवाहको सिन राखिएको छ । यो दृष्य फिल्मको मूख्य पार्ट भएको निर्माण पक्षको भनाई छ ।

त्यसैले फिल्मको प्रचारलाई सहयोग हुने गरि फिल्म भित्रको मूख्य सिनको केही फोटो सार्वजनिक गरिएको पनि निर्माण पक्षको भनाई छ ।

फिल्म भित्र अभिनेत्री शिल्पा पोखरेल र अभिनेता अनुपविक्रम शाही विवाहबन्धनमा बाँधिएकी छिन् । महिला शसस्त्रप्रहरीको विरतामा आधारित यो फिल्म वीराङ्गना लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको निर्माण पक्षको भनाई छ ।

राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् ।