नाटक उत्बसमा मन पराईयो भृ र धुर्त समागम


ज्योतिरीश्वर रङ्ग उत्सव–२०७५

व्युटी न्युज नेपाल
काठमाडौं, ९ असार

७ सय वर्ष पुरानो नाटक मञ्चन गर्दै राजधानीमा शुक्रबारबाट ज्योतिरीश्वर रङ्ग उत्सव–२०७५ सुरु भएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा काठमाडौंको बत्तिस पुतली स्थित शिल्पी थिएटरमा यो उत्सब सुरु भएको हो । उत्सबमा यसपटक नेपाल र भारतका ६ ओटा नाटक मञ्चन भईरहेका छन् । यो उत्बसको पहिलो दिन शुक्रबार दुई ओटा नाटक मञ्चन गरियो । उत्सबको उद्घाटन सत्रमा सांस्कृतिक संस्थानको प्रस्तुति रहेको नाटक ‘भृ’ मञ्चन गरियो ।

नेपालकी राजकुमारी भृकुटीले तिब्बतका राजासँग विवाह गरेपछि उनी नेपाल नफर्किएको र हराएको भन्ने कथनमा यो नाटक केन्द्रित थियो । त्यतिबेलाका कालखण्डलाई झल्काउने यो नाटकको निर्देशन बीरेन्द्र हमालले गरेका हुन् ।

नाटकमा गोरन चौधरी, आकाश त्रुकछाकी, शुशिला थापा, मायाँ थापा, गीता राई, लोकेन्द्र लेखक, लक्ष्मी तामाङ, मदन थापा, मीलन नेपाली, गीता थापा, संगीत लिम्बु र तिलक सुनुवारको अभिनय थियो ।

ब्बतमा भृकुटी हराएको प्रसँगलाई २०७२ सालको बिनाशकारी भूकम्पसँग जोडेर यो नाटक तयार गरिएको निर्देशक हमालले बताए । नाटकमा भृकुटीको कालखण्डको भेषभुषा प्रयोग गरिएको थियो ।

शुक्रबार नै बेलुकाको शोमा नाटक धूर्तसमागम मञ्चन गरियो । ७ सय वर्ष पुरानो यो नाटकलाई मैथिली भाषामा मेरोरँग रेपर्टरी (मैथिली लोक रँग) दिल्लीले मञ्चन गर्यो । नेपालको सिमरौनगढका राजा हरिसिंहदेबका दरबारका रत्न मानिने ज्योतिरीश्वर ठाकुरले यो नाटक १३०५ सालमा लेखेका थिए । यही नाटकलाई डा. प्रकाश झाले अहिलेको समसामयिक मैथिलीमा ढालेर आफ्नै निर्देशनमा यो उत्सबमा मञ्चन गरेका हुन् ।

नाटकमा पूजा प्रियादर्शनी, रमन कुमार, मनिषा झा, सोनिया झा, मुकेश झा, बँगट लाल, जितेन्द्र कुमार, सँजिब कुमार लगायतको अभिनय थियो । ७ सय वर्ष पुरानो यो नाटक निकै रोचक बनेको थियो ।

यो उत्सबमा शनिबार दिउँसो राम केएसी निर्देशित अश्वेत मञ्चन भयो । सद्भाव थिएटरद्धारा मञ्चिन यो नाटकमा नारी र पुरुषको समस्यले यसले निम्त्याउने समस्या उठाईएको छ । यो नाटकमा शिबप्रसाद अधिकारी, अमृता खनाल, प्रदीप बास्तोला, शिक्षा केसी, एलिजा अधिकारी, दीलिप खड्का, बिज्ञान गजुरेल, किरण चपागाईं, तिर्सना राईको अभिनय थियो । नाटकलाई रामले नै लेखेका हुन् ।

शनिबार अपरान्ह यो उत्सबमा श्यामकुमार सहनी निर्देशित भारतीय नाटक संवदिया मञ्चन गरिँदैछ । यो नाटक हिन्दी र भोजपुरी भाषामा रहेको निर्देशक सहनीले जानकारी गराए ।
यस्तै आईतबार पत्रकार फुलमान बलको नाटक सोनाम ग्याल्मो र जैनेन्द्र दोस्त निर्देशित भारतीय नाटक भिखारीनामा मञ्चन गरिँदैछ ।