ज्याकी च्याङले घरबाट निकालेपछि छोरीको सडकबास


हङकङ, एजेन्सी, १९ बैशाख

अरबपति हलिउड सुपरस्टार ज्याकी च्याङकी छोरी एटाको केही दिन यताबाट सडकको बास भएको छ । छोरीले एक युवती एन्डी आटमसँग समलिँगीय सम्बन्ध राख्दै आएकी थिईन् । उनले आटमसँगको आफ्नो प्रेम एवम् समलिँगीय सम्बन्ध तोड्न नचाहेपछि ज्याकीले ती छोरीलाई घरमा स्थान नदिएका हुन् ।

जसका कारण छोरी एटा यतिबेला आफ्नो लेजबियन साथीसँग हङकङको एउटा पुलमुनी फुटपाथमा रात काट्न बाध्य भएकी छिन् । छोरी एटाले युट्युवमा एउटा भिडियो पोष्ट गर्दै पिता ज्याकीले आफु र एन्डीको सम्बन्ध नस्विकारेपछि आफुहरु सडकमा बस्न बाध्य हुनुपरेको बताएकी छिन् । एटीको लेजबियन जोडी एन्डी अनलाईन सेलिब्रेटी हुन् ।

ज्याकी र पूर्व व्युटीक्विन एलायन एनजीकी छोरी हुन एटा । ती छोरीको बारेमा ज्याकीले बाहिर धेरैकुरा खुलासा गरेका छैनन् । तर एटा आफ्नी छोरी भएको उनले स्विकारेका छन् । ज्याकी र एनजीबीच लामो समयसम्म सम्बन्ध रहेपनि पछि ज्याकीले उनलाई छाडेर जोवान लिनसँग विवाह गरेका हुन् ।

ज्याकीले आफ्नो कमाई छोरालाई नदिएपछि छोराले पनि ज्याकीलाई केही समय अघि नै छाडेका छन् । छोरा आफ्नै कमाईले बाँची रहेका छन् ।

ज्याकीका छोराले सानो तिनो काम गरेर जिविकोपार्जन गरिरहेका छन् । यता छोरी एटीले पनि घर छाड्नु परेको छ । यसरी सुपरस्टार ज्याकीका छोरा छोरीको अबस्था भने अहिले दुराबस्था छ ।