काठमाडौं, १२ चैत

 

आजकाल फिल्मको प्रचारका लागि सम्बन्धि सिनेमाको कभर डान्स  प्रतियोगिताको क्रम मौलाएको छ । अन्य फिल्मले गर्दै आएको यो प्रतियोगितालाई चलचित्र ‘लम्फु’ले पनि आयोजना गर्दैछ ।

 

२०७५ बैशाख २८ मा रिलीज हुने लम्फूको गीत ‘सुको नहोस् यार’को कभर डान्स प्रतियोगिता घोषणा भएको छ । चलचित्र ‘लम्फू’को डिजिटल अधिकार लिएको ‘हाईलाईट्स नेपाल’ले कभर डान्स प्रतियोगिताको आयोजना गरेको हो । कभर भिडियो बनाउनेले  २०७५ २० बैशाखसम्ममा कभर भिडियो पठाउन पर्नेछ ।

 

गीतको कभर भिडियोको विजेताले रु. पचास हजारको साथमा अन्य आकर्षक उपहारहरु जित्ने बताईएको छ । यूट्युब भ्यूज, भिडियो मेकिङ्ग, कोरियोग्राफी र निर्णायकको आधारमा २०७५ बैशाख ३१ गते विजेता घोषणा हुनेछ । गोपाल चन्द्र लामिछानेको निर्देशनमा बनेको ‘लम्फू’को यस गीतमा शिव परियारको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । प्रमोद ढुंगानाले गीत लेखेका हुन् ।

कबिर खड्का, सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशुम श्रेष्ठ, कुशाग्र भट्टराई लगायतको अभिनय रहेको ‘लम्फू’लाई पपुलर मल्टीमिडियाको लागी शक्तिबल्लभ घोरासैनीले बनाएका हुन् ।