ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ पुस
रातभरीको वार्ता पछि अन्नत काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच एकता भएको छ । आज बिहान ४ः१५ मा उनीहरूबीच एकताको सहमति भएको हो । उनीहरुले ७ बुँदे सहमाती पत्रमा हस्ताक्षर गरेर सहमति जनाएका छन् ।
बालेन शाहकै योजना र निर्देशनमा रास्वपा अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा यसै साता जेलबाट धरौटीमा छुटाईएको थियो । जुन कुरा यो सहमतीले यति बेला पुष्टी समेत भएको छ । तर यो सहमतीमा कुलमान घिसिङ भने अझै जोडिएका छैनन् । उनलाई प्नि रास्वपामा ल्याउने तयारी हुँदैछ । उनीसँगको वार्तालाई निरन्तता दिने पक्षमा रास्वपा र बालेन रहेका छन् । आज भएको सहमतिमा २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनसहित विभिन्न कालखण्डका जनआन्दोलनमा शहीद तथा घाइतेले गरेको बलिदानलाई प्रेरणाका रूपमा आत्मसात गर्दै समान अठोट बोकेका परिवर्तनकामी शक्तिहरूको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्ने बाचा गरिएको छ ।

यि दुई बिचको सहमतिअनुसार घाइते तथा शहीद परिवारका मागहरू यथोचित रूपमा सम्बोधन गर्दै नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध सञ्चालन गरेको आन्दोलनको अपनत्व लिने कुरा उल्लेख छ । यस्तै गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनमा समर्पित रहने उल्लेख छ ।
एकतापछिको राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रङको घण्टी नै हुने र चुनाव चिह्न पनि ‘घण्टी’ नै हुने सहमति भएको छ । यो सहमति पछी बालेनले लौरो चुनाव चिन्ह छाडेका छन् । अब पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने जनाइएको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुनेछन् भने सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने सहमतिमा उल्लेख छ । सहमती पत्र यहाँ प्रस्तुत गरिएको छ ।


