निल डेभिडको सिलगुढी र पथरीमा तीन सलुन उद्घाटन


काठमाडौं, २ चैत

चर्चित हेयर स्टाईलिष्ट निल डेभिड कटुवालले भारतको सिलगढीमा आफ्नो निल डेभिड स्टाईलो सलुनको नयाँ फ्रेन्चाईज सुरु गरेका छन् । उनले सिलगुढीको सेभोक रोडीस्थित सिटी मलमा निल डेभिड स्टाईलो सलुन सञ्चालनमा ल्याएका छन् ।

निलको फ्रेञ्चाईजी मोडलको उक्त सलुनको बलिउडमा समेत ख्याति कमाएका अभिनेता सुनिल थापाले शुभारम्भ गरेका हुन् । एकै दिन सिलगुढीकै प्रधाननगरमा अर्को फ्रेन्चाईजी शुभारम्भ गरेका सुनिलले मोरङको पथरीमा भोलीपल्ट अर्को फ्रेन्चाईजीको उदघाटन गरी ह्याट्रिक गरेका छन् ।

कलाकार सुनिल थापाले सलुन व्यबसायमा निलले नेपालसँगै भारतमा पनि ख्याती र सफलता हाँसिल गरेकोमा खुसी व्यक्त गरे ।

 

काठमाडौको काठमाडौं मलमा तीन सय स्क्वायर फिटबाट सलुनको सुरुवात गरेका निलको हालसम्म ५४ ओटा फ्रेन्चाईजी सलुन सञ्चालनमा छन् ।

कार्यक्रममा निलले भने,‘स साना टाउन र ईन्भेष्टरलाई ध्यानमा राखेर ३ वर्ष अघि नै मैले यो खालको कन्सेप्ट र डीजाईन बनाएको थिएँ । यसैलाई पुरानो रुप दिएको हो’

 

निलका अनुसार यो अवधारणमा थोरै लगानीमा ३ सयदेखी ५ सय स्क्वायर फिटमा सलुन सञ्चालन गर्न सकिनेछ । आगामी अप्रिलमा यहि मोडलमा ललितपुरको कुमारीपाटीमा नयाँ सलुन सञ्चालनमा ल्याईने निलले बताए ।

निलले मुम्बईको स्वस्तिक म्यानेजमेन्टसंग सय ओटा निल डेभिड सलुन फ्रेञ्चाईजी सञ्चालनमा ल्याउने गरी सम्झौता गरेका छन् । जस अन्तर्गत गुहाटी, आसाम, अलाहवादमा सलुन सञ्चालनमा आईसकेको छ । उनका अनुसार अब छिट्टै अजमगढ, बनारस लखनउ र दिल्लीको ओखलामा पनि फ्रेन्चाईजी सञ्चालनमा आउनेछ ।

भारतको ग्रेटर कैलाश एम ब्लक मार्केट दिल्लीबाट गत जुनदेखी आफ्नो ड्रीम सलुन लीएर भारत पुगेका निल नेपाली भएर भारतको राजधानीमा नेपाली सलुन सञ्चालन गरी नेपाललाई भारतमा हेयर स्टाईलको क्षेत्रमा चिनाउदै नेपालको गौरव बढाउँदै छन् ।