काठमाडौं, १७ फागुन

चलचित्र पञ्चायत आगामी २ चैतबाट देशव्यापी प्रदर्शनीमा आउने भएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा यसका निर्माताहरु फिल्मको प्रचार प्रसारमा उत्रिएका छन् ।

चलचित्रका अभिनेता सरोज खनाल, निता ढुँगाना, आश्विनी कोइराला, कार्यकारी निर्माता रबी अधिकारी लगायत बिहिबार होली खोल्दै यसरी चलचित्र प्रचार प्रसारमा उत्रिए ।