द प्रिन्सको निर्माण घोषणा, सबै नयाँ अनुसार


 

काठमाडौं, १५ फागुन

 

संगीतकार सम्राट थापाले चलचित्र ‘द प्रिन्स’ निर्माण गर्ने भएका छन् । यो चलचित्रको सोमवार काठमाडौं एक समारोहबीच निर्माण घोषणा गरिएको हो । चलचित्रको छायाँकन यसै साताबाट काठमाडौं देखि हुने भएको छ ।

 

यो चलचित्रको कथा पनि संगीतकार सम्राट थापाले लेखेका छन् । सम्राटले आफ्ना छोरा प्रिन्स थापालाई यो चलचित्रबाट नायकको रुपमा नेपाली चलचित्रमा ल्याउँदैछन् । चलचित्रमा उनको पनि संगीत रहेको छ । यसको पटकथा भोजराज देवकोटाले लेखेका हुन् ।

 

 निर्देशक मदन घिमिरेले प्रिन्सको निर्देशन गर्दैछन् । एक समय नेपाली चलचित्रमा राम्रो पकड बनाएका मदनले पछिल्लो समय राम्रो सिनेमा दिन सकेका छैनन् ।

 

 

आफुले युवा पुस्तालाई लक्षित गरेर प्रेम कथामा आधारित चलचित्र निर्माण गर्न लागेको निर्देशक घिमिरेले घोषणा समारोहमा बताए । आत्मबलमा ठूलो शक्ति हुन्छ र निर्णय क्षमताले लक्ष्यसम्म पुग्न सहयोग गर्छ भन्ने सन्देश आफुले यो चलचित्र मार्फत दिन लागेको पनि उनले बताए । 

 

चलचित्र प्रिन्समा नयाँ कलाकारहरुको बर्चश्व रहेको छ । जसमा नयाँ अनुसार प्रिन्स थापा, शिवु शाह, कशिश दाहाल, मनिषा पाण्डे, निशा केसी छन् । कशिशले यस अघि नै मदन घिमिरेको एउटा फिल्म खेले पनि सो फिल्मबाट उनी स्थापिन हुन सकिनन् ।

 

 अग्रज अभिनेता सरोज खनालको पनि चलचित्रमा प्रमुख भूमिका रहने कार्यक्रममा जानकारी गराईयो । द प्रिन्सको छायाँकारमा रामशरण उप्रेती, नृत्य निर्देशकमा कविराज गहतराज, द्धन्द्ध निर्देशकमा सम्राट बस्नेत रहेका छन् ।

 

एनपी फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुने लागेको यो चलचित्रका निर्माता विष्णु सिवाकोटी लगायत छन् ।