छायाँकनमा जय शम्भु, छायाँकनमै छ जय भोले पनि


 

काठमाडौं,१४ फागुन

 

चलचित्र जय भोलेको छायाँकन सुरु भएको एक सातामै यस्तै नामको अर्को चलचित्र जय शम्भुको छायाँकन सुरु भएको छ । चलचित्र जय भोलेलाई अशोक शर्माले निर्माण निर्देशन गरिरहेका छन् भने जय शम्भोको निर्देशक रुपेश तामाङ हुन् ।

 

जय भोलेलाई आगामी दशैं (कात्तिक)मा रिलिज गरिने भएको छ । नाम उस्तै परेकाले जय भोले भन्दा अघि जय शम्भुलाई आगामी १ साउनमा रिलिज गर्ने निर्माण पक्षले जनाएको छ ।

 

 

अशोक शर्माले पहिला आफ्नो फिल्मको नाम जय शम्भु राख्न लागेका थिए । तर रुपेशले यो नाम त्यस अघि नै दर्ता गराएकाले शर्माले आफ्नो सिनेमाको नाम जय भोले राखेर छायाँकन सुरु गरे । लगत्तै रुपेशले जय शम्भुको नाममै चलचित्र निर्माण थालेका छन् । जय शम्भुको छायाँकन सोमबारबाट काठमाडौं देखि सुरु भएको छ ।

 

जुना फिल्म्सको ब्यानरमा निर्माण हुन लागिएको जय शम्भुको आईतवार राजधानीमा एक कार्यक्रमबीच निर्माण घोषणा गरिएको हो । यो लचचित्रमा अनुुप विक्रम शाही, प्रशान्त ताम्राकार, बर्षा शिवाकोटी, रोशन महर्जन लगायतको अभिनय रहने छ । यसलाई दिनेश शाही, अरविन्द्र शाक्य, चक्र पाख्रिन, राजकुमार नगरकोटीले निर्माण गर्दैछन् ।

 

चलचित्रको छायाँकन काठमाडौं पछि अन्नपूर्ण बेष्ट क्याम्पमा गरिने भएको छ । द्धन्द्धत्मक प्रेमकथामा केन्द्रित यो फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, रामजी लामिछानेको नृत्य निर्देशन, प्रदिप कँडेल र अर्जुन पोखरेलको संगीत रहने छ ।