पूर्णिमाको हिरोज २३ चैत्रमा


काठमाडौ, ११ फागुन

चलचित्र ‘हिरोज’ आगामी २३ चैतबाट देशव्यापी प्रदर्शनीमा आउने भएको छ । एनबि महर्जन निर्देशित यो चलचित्रलाई अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेकी हुन् ।


चलचित्र बारे अभिनेत्री पूर्णिमाले भनिन्,‘बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक बिकृति, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको छ ।’ नयाँ बर्षको उपहार स्वरुप दर्शकमाझ ल्याउन लागिएको हिरोज सफल हुनेमा आफू निकै आशावादी रहेको पूर्णिमाले बताईन् ।

हिरोजमा पूर्णिमासँगै करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीसहितको अभिनय रहेको छ । चलचित्र हिरोजको प्रस्तुतकर्ता लक्ष्मी लामा हुन ।

यसलाई पूर्णिमा सहित युवराज लामा, शेखर लामा र संजोग राणाले निर्माण गरेका हुन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको हिरोजमा कमल राई, कबिराज गहतराज र रामजी लामीछानेको नृत्य निर्देशन शंकर महर्जनको द्धन्द्ध निर्देशन छ ।