पञ्चेबाजा हेर्न बालबालिकालाई अभिभावक चाहिने


काठमाडौं, ८ फागुन
११ फागुनबाट देशका सिनेमा हलमा प्रदर्शनमा आउने चलचित्र ‘पञ्चेबाजा’ केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सेन्सर पास भएको छ ।

चलचित्रले सेन्सरबाट पि.जी. (प्यारेन्स गाईडेड) सेन्सर प्रमाणपत्र पाएको यसका निर्माता राजेश शाहीले बताए । अब यो चलचित्र हेर्न १६ वर्ष मुनीका बालबालिकाले अभिभावकको साथ लिनु पर्नेछ ।


चलचित्रको निर्माण कार्य सम्पन्न भएको यसका निर्माता राजेश शाहीले जानकारी गराए,‘चलचित्रको काम सकेर हामी प्रदर्शनीको तयारीमा छौं । पञ्चेबाजाको गीत हिट भईसकेको छ भने फिल्म पनि राम्रो बनेकाले यसले दर्शकको मन जित्ने छ ।’ निर्माता शाहीले भने । चलचित्र पञ्चेबाजाको घिनिघिनी मादल…गीतले युट्युवमा २१ भन्दा बढी भिवर्स पाएकाले यो गीत हिट लिस्टमा छ ।

यो चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । पञ्चेबाजामा सौगात मल्ल, जस्मिन श्रेष्ठ, कर्मा शाक्य, सृजना सुब्बा, बुद्धी तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ ।