आयो शत्रु गतेको पोष्टर, जोडीलाई दिईयो महत्व


काठमाडौं,६ फागुन

आगामी ९ चैतबाट प्रदर्शनमा आउने चलचित्र ‘शत्रु गते’ को पोष्टर सार्वजनिक गरिएको छ ।सार्वजनिक पोष्टरमा फिल्ममा देखिने जोडीलाई समेटिएको छ । पोष्टरमा हरिवंश आचार्य र दीपाश्री निरौला , दीपकराज गिरी र प्रियंका कार्कीको जोडी देखाइएको छ ।


जोडीलाई महत्व दिएर फिल्मको पोष्टर तयार गरिएको निर्देशक प्रदिप भट्टराईले बताएका छन् । शत्रु गतेमा मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरी पौडेल लगायतको पनि अभिनय छ ।


फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ । यसलाई मित्रदेब गुरुङले सम्पादन गरेका हुन् ।