धिरजलाई नेसनल तथा इन्टरनेशनल इभेन्ट डिरेक्टर सम्मान


ब्युटी न्युज नेपाल
काठमाडौं, २ बैशाख

नेपाली पेजेन्ट क्षेत्रमा बिगत २३ वर्ष देखि सक्रिय नेशनल तथा इन्टरनेशलन इभेन्ट डिरेक्टर धिरज तन्डुकार यो योगदानको लागि सम्मानित भएका छन् । विलक्षण क्रियसन प्रा.लि.र रोज ब्युटी एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३, सिजन–५’ को ग्रान्ड फिनाले समारोहमा इभेन्ट डिरेक्टर तन्डुकारलाई आफ्नो योगदानको कदर स्वरुप ‘नेसनल तथा इन्टरनेशनल इभेन्ट डिरेक्टर सम्मान–२०२३’बाट सम्मानित गरियो ।

कार्यक्रममा बरिष्ट ब्युटिसियन डा. राज्यश्री श्रेष्ठ, बरिष्ट अभिनेत्री गौरी मल्ल, विलक्षण क्रियसन प्रा.लि.का अध्यक्ष डब्बु क्षत्री र रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारँजितले तन्डुकारलाई सो सम्मानबाट सम्मानित गरे ।

काठमाडौंको टेकुमा बुबा द्धारिकानाथ तण्डुकार तथा आमा सरिता तन्डुकारको सुपुत्रको रुपमा जन्मिएका धिरजले २३ वर्ष अघिबाट इभेन्ट म्यानेजेमेन्टको काम सुरु गरेका हुन् । सुरुका दिनमा मिस्टर काठमाडौंको उपाधि जितेपछि उनले मोडलिङसँगै इभेन्ट म्यानेजमेन्ट काम सुरु गरेका हुन् ।

सन २००२ मा उनले ‘फेसन एन्ड स्टाईल–२००२’ बाट आफ्नो इभेन्ट म्यानेजमेन्ट करिअर सुरु गरेका थिए । धिरज नेपालका महँगा र कुशल इभेन्ट म्यानेजेमन्टको रुपमा परिचित छन् । धिरजले हालसम्म इभेन्ट म्यानेजमेन्ट डिरेक्टरको रुपमा १०० भन्दा बढी राष्ट्रिय इभेन्ट र आधा दर्जन अन्तराष्ट्रिय इभेन्टमा काम गरिसकेका छन् ।

उनले फेसन स्टाईन, इन्टर कलेज व्यान्ड कम्पिटिसन, फेशन यात्रा (८ सिजन), मनसुन फेशन परेड (६ सिजन), लिटिल प्रिन्स एन्ड प्रिन्सेस (१४ औं संस्करण), नेशलन किड्स अफ दि ईयर (६ वटा सिजन) लगायत थुप्रै कार्यक्रम सम्पन्न गरिसकेका छन् । उनले नेपालका फ्यान्टा फेस्टासहित विभिन्न मल्टि नेशलन कम्पनीको इभेन्ट डिरेक्सन पनि गरिसकेका छन् ।

यस्तै उनले एशिया प्यासिफिक प्रिन्स एन्ड प्रिन्सेस, इन्टरनेशनल प्रिन्स एन्ड प्रिन्सेस, इन्टरनेशनल किड्स अफ दि ईयर, जोयल अफ द वल्र्ड, मिस टुरिजम वल्र्ड र ग्लाम वल्र्ड जस्ता इन्टरनेशलन व्युटी इभेन्टको नेपालको प्रतिनिधि भएर उनले प्रतियोगीहरुलाई यहाँ आफ्नो डिरेक्सनमा प्रशिक्षण दिएर तयार बनाई ती कार्यक्रममा पठाउने गरेका छन् ।