दोश्रो ग्यालेक्सि एक्सिलेनन्स अवार्ड घोषणा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ फागुन

निकिला मिडिया नेटवर्क तथा भवानी ईन्टरटेनमेन्टको संयुक्त आयोजनामा दोश्रो ग्यालेक्सिी एक्सिलेन्स अवार्ड आयोजना हुने भएको छ । अग्रज, स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद, पत्रकार, समाजसेवी, व्यबसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुले यो अवार्डमा भाग लिने आयोजक पक्षले जनाएको छ ।

आयोजक सँस्थाका अध्यक्ष सोनीतराज ढुंगेलले यो अवार्ड गर्न लागेका हुन् । गत वर्ष पहिलो संस्करणको ३५ विधामा प्रदान गरिएको यो अवार्डको यसपटकको लागि पनि अवार्डको तयारी भईरहेको ढुंगेलले बताएका छन् ।४ जना निणार्यक मण्डलको टिमले छनौट गरेका बिजेताहरुलाई आगामी १७ चैत्रमा काठमाडौंमा एक समारोहबीच अवार्ड हस्तान्तरण गरिने पनि उनले जानकारी गराएका छन् ।

ख्यातिप्राप्त बरिष्ट संगीतकार शम्भुजित बांस्कोटा, आयोजक सोनीतराज ढुंगेल, राज लुईटेल, रमा प्याकुरेल, गोपाल खड्का, अनिल नगरकोटी, अच्यूत गुरागाईलगायतले काठमाडौंमा एक समारोहबीच यो अवार्डको घोषणा गरेका छन् ।

बरिष्ट संगीतकार बासकोटाले कार्यक्रममा बोल्दै अवार्ड निस्पक्ष हुने र उपयुक्त व्यक्तिले पाउने विश्वास आफुले लिएको बताउँदै आयोजक पक्षलाई सफलताको शुभकामना दिए । अवार्डबारे आयोजक ढुंगेलले जानकारी गराए ।