भगवती बहालमा खुल्यो ‘लिसरा रेस्टुरेन्ट’


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ भदौ

राजधानीको मुटु नक्सालस्थीत भगवतीवाहालमा ‘लिसरा रेस्टुरेन्ट तथा थकाली किचन’ सञ्चालनमा आएको छ । यही भदौ ६ गतेदेखि औपचारीक रुपमा शुभारम्भ भएको उक्त लिसरा रेस्टुरेन्टमा शुद्ध नेपाली खाना, ईन्डीयन खाना, एसीएन तथा कन्टिनेन्टल खानाको मज्जा लिन सकिने सञ्चालक निल सारुले जानकारी दिए ।

यहाँको खाना गज्जब रहेको छ भन्ने प्रतिक्रिया ग्राहकहरुबाट पाउँदा आफूहरु उत्साहीत भएको रेस्टुरेन्टका म्यानेजर बच्छु चौलागाइँले बताए । रेस्टुरेन्टभित्र झण्डै १०० वटा जती गाडी तथा बाईकको पार्किङ सुविधा रहेको सञ्चालक सारुले जानकारी दिए ।

साथै, उनले रेस्टुरेन्टसँगै पार्टी प्यालेस समेत रहेको पनि जानकारी दिए । विवाहलगायक विभिन्न कार्यक्रम तथा पार्टी मनाउँन रेस्टुरेन्ट एवं पार्टी प्यालेसमा सहुलियत रहेको पनि सञ्चालक सारुले बताए ।

‘अन्य रेस्टुरेन्टको तुलनामा हाम्रो यस रेस्टुरेन्टको विशेषता फरक छ’, उनले भने, ‘यहाँ आउनुहुने पाहुनाहरुलाई सम्मानका साथ सेवा र सहुलियत मिलाएका छौँ ।’

शुद्ध र ताजा नेपाली खानाका धेरै परिकारहरुको स्वाद त्यहाँ जाने पाहुनाहरुले चाख्न पाउने सारुको भनाई छ । पाल्पा रमपुरका सफल व्यवसायी सारु लामो समयदेखि काठमाडौंलाई कार्य क्षेत्र बनाएर व्यवसायमा सक्रिय छन् ।