आयो शिबको फुलै फुल दिन्छौ कीको भिडियो


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ भदौ

लोकप्रिय गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत फुलै फूल दिन्छौ की…को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। यो अघि बजारमा आईसकेको गीत रिमेक भर्सनमा बजारमा आईसकेको छ ।

सौरभ लामिछानेले खिचेको यो भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठले मुख्य भूमिका निर्वा गरेका छन् । यसमा संगीत आशिष अविरलको रहेको छ। आनन्द अधिकारीको शब्द रचना रहेको गीत टिकटकमा अत्यधिक हिट भएको छ।

भिडियो आशिष अविरलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। बिबेक रसाइलीको निर्देशनमा बनेको भिडियो उत्कृस्ट बनेको छ।

राग स्टुडियोको प्रस्तुतिमा बनेको भिडीयोको सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन्।