गाउँ चिनाउने गीत मेरो शैलुङ गाउँको भिडियो रिलिज

ब्युटी न्युज नेपाल
काठमाडौं, ५ बैशाख

‘मेरो शैलुङ गाउँ’ गीत र यसको भिडियो सार्वजनिक भएको छ । गाउँ चिनाउने उद्देश्यका साथ यो गीत र भिडियो तयार गरिएको हो । गीतमा रचना रिमालको स्वर, तेजेन्द्र गुरुङको संगीत र प्रेम गुरुङको शब्द छ ।

राजधानीमा शनिबार एक कार्यक्रम गर्दै भिडियो सार्वजनिक गरियो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्देशक शोभित बस्नेत, चलचित्र पत्रकार संघका सचिब रघुनाथ सापकोटा, कलाकार शेरबहादुर तामाङ, निर्देशक खिल गुरुङ, गायक राज सागरलगायतको उपस्थिती रहेको थियो ।

ग्लोबल नेपाल इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियोमा पुनम गुरुङ, उर्मिला गुरुङ र प्रेम गुरुङ फिचर्ड छन् । भुपेन्द्र गुरुङले निर्देशन गरेको भिडियोमा रवीन थापा मगरको छायांकन र बन्दे प्रसादको सम्पादन छ ।

भिडियोमा सरस्वती धिमाल र नेसन सुस्लिङको कोरियोग्राफी छ । । भिडियो ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।